पोखरा महानगरमा १ लाख ११ हजार मतगणना, कुन वडा कस्ले जिते

पोखरा, जेठ ८ गते ।पोखरा महानगरपालिकामा मतगणना जारी छ । हालसम्म ७५ प्रतिशत मत गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पोखरामा आज विहान सम्म १ लाख भन्दा बढि मतगणना भएको छ । कुल ३३ वटा वडा रहेको महानगरमा हालसम्म २२ वटा वडाको नतिजा सार्वजनीक भएको छ ।

१ लाख बढि मत गणना गर्दा पदमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रतालाई कायम राखेका छन् । उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता रहेको छ ।

गठबन्धनका उम्मेदवार आचार्यले पछिल्लो मत परिणाम अनुसार ४० हजार ४३८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले ३७ हजार १७४ मत ल्याएका छन् ।

मेयर पदमा राप्रपाका उम्मेदवार शंकर खरालले चार हजार ५४२ मत प्राप्त गरेका छन् । मेयर पदका स्वतन्त्र उम्मेदवार ९अटेरी अभियानका अभियान्ता० खडकराज पौडेल ९गनेस०ले दुई हजार ६ सय १३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ४२ हजार ३१६ मत प्राप्त गर्दै अग्रता कायम राखेकी छन् । गठबन्धनको तर्फबाट उपमेयरकी उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४० हजार ७०४ मत प्राप्त गरेकी छन् । गुरुङ रानाभाट भन्दा १६ सय १२ मतले अगाडी छन् ।उपमेयरमै राप्रपाकी रञ्जना कुमारी सेनले चार हजार ९ मत प्राप्त गरेकी छन् । एक लाख एक हजार १२१ मत गणना भएको छ ।

 

जसमध्ये नेपाली कांग्रेसले १५ वटा वडा र नेकपा एमालेले ७ वटा वडामा जित हासिल गरेको छ । महानगरका २, ३, ४, ७, ९, १०, १२, १३, १४, २३, २४, २५ र २६,, २७, २८, वडामा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ भने १, ५, ६, ८, १५, २० र २९ वडामा नेकपा एमालेले जितेको छ ।अहिले ११, १६, १७, १८, १९, २२, ३० र ३१ को मतगणना भैरहेको छ भने २१, ३२ र ३३ को गणना हुन बाँकी छ । १६, १७, २१, ३३ लगायत वडाहरुमा बढी मतदाता छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...