पाँचखलमा गठबन्धनको अग्रता

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका महेश खरेलले अग्रता लिनुभएको छ । वडा नं १० सम्म सम्पन्न मतगणना परिणामअनुसार उहाँले नौ हजार ९३७ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का कञ्चन अधिकारीले छ हजार ४७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का चेतप्रसाद गौतमले सात हजार १५८ मत प्राप्त गर्नुभएको छ भने एमालेका सूर्यमाया दनुवारले छ हजार ९५१ मत प्राप्त गर्नुभएको छ । मतगणना सम्पन्न भएको वडामध्ये वडा नं १ माओवादी केन्द्रका जयबहादुर तामाङ, वडा नं २,३, ४,७ र ८ मा कांग्रेसका क्रमशः रामेश्वर दाहाल,सुन्दर अधिकारी, सुन्दर तामाङ, रामकृष्ण दङ्गाल र सञ्जय तामाङ , वडा नं ५ मा एमालेका सीताराम ढुङ्गाना, वडा नं ६ मा नेकपा (एकीकृत समाजवादी)का रामशरण दुलाल, वडा नं ९ र १० मा एमालेका क्रमशः रामकाजी श्रेष्ठ र नारायणप्रसाद सापकोटा विजयी हुनुभएको छ । १३ वटा वडा रहेको पाँचखालमा तीन वडाको मतगणना जारी छ ।

यसैबीच जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिकाको वडा नं ५ मा माओवादी केन्द्रका विजय राना मगर ५४४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी कांग्रेसका कमलबहादुर वाइबाले ५४२ मत प्राप्त गर्नुभएको छ । सो वडामा पुनः दोहो¥याएर मतगणना गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...