पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा

पोखरा, जेठ ८ गते । पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ । पोखराका ३३ अन्र्तगत आज साँझबाट ३३ नम्वर वडाको मतगणना सुरु भएसंगै अन्तिम चरणमा पुगेको हो ।

आइतबार राती सवा नौ बजेसम्म नौ वटा वडाको मतगना भैरहेको छ भने ११२५८० मत गणना भएको छ । महानगरका अन्तिम परिणामा सोमबार साँझसम्म आउने अनुमान गरिएको छ । आइतार रातीसम्मको मतगणना अनुसार मेयरमा गठबन्धनका तर्फबाट उम्मदेवार बनेका एकिकृत समाजबादीका धनराज आचार्य र उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुगले अग्रता कायम गरेका छन् ।

 

महानगरमा पूर्व एमाले आचार्य र एमाले उम्मेदवार मञ्जुदेवीले नेतृत्व हाक्ने लगभग पक्कापक्की भएको छ ।एक लाख १२ हजार ५८० मत गणना हुँदा आचार्यले ४५ हजार २७ मत प्राप्त गर्दा उनका प्रत्यासी नेकपा एमालेका उम्मेद्वार कृष्णबहादुर थापाले ४१ हजार ५९० मत ल्याएका छन् । उनीहरुविच ३ हजार ४३७ मतान्तर छ ।

यस्तै मेयरतर्फ नै राप्रपाका शंकर खरालले ४ हजार ९८७ , विवेकशिल साझा पार्टीका शुशिला केसी अधिकारीले ३१४, लौरो चिन्ह भएका स्वतन्त्र उम्मेद्वार खडकराज पौडेल गनेशले २७५९ मत प्राप्त गरेका छन् ।यस्तै उपमेयरतर्फ नेकपा एमालेकी मञ्जुदेवी गुरुङले नेपाली कांग्रेसकी प्रत्यासी कोपिला रानाभाटलाई २ हजार ३६० मतले लिड गरिरहेकी छन् । गुरुङले ४७ हजार ३२४ मत प्राप्त गर्दा रानाभाटले ४४ हजार ९६४ ल्याएकी छन् ।
त्यसैगरि राप्रपाकी रञ्जना कुमारी सेन पौडेलले ४ हजार ९२७, विवेकशिल साझा पार्टीका माधव भण्डारीले ६० मत ल्याएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...