पोखराको मेयरमा धनराज आचार्य र उपमेयरमा मञ्जुदेवी गुरुङ पक्का

पोखरा, जेठ ९ गते । पोखरा महानगरपालिकाको मेयरमा गठबन्धन र उपमेयरमा एमालेका उम्मेदवार विजयको नजिक पुगेका छन् । मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य जित नजिक पुगेका छन् । आज विहानसम्म १ लाख २२ हजार २ सय १९ मत गणनामा प्रतिष्पर्धी एमाले उम्मेदवार कृष्ण थापालाई ३ हजार ९ सय ७९ मतान्तरले पछि पार्दै उनी जित नजिक पुगेका हुन् । कुल १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा अब २१ हजार ७ मत गणना गर्न बाँकी छ ।

आचार्यले हालसम्म ४९ हजार २ सय ४१ मत प्राप्त गरिसकेका छन् । उनलाई एमाले उम्मेदवार थापाले ४५ हजार २ सय ६२ मत ल्याएर पछ्र्याइरहेका छन् । अब वडा नम्बर १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को अन्तिम नतिजा आउन बाँकी छ । मेयर पदमा राप्रपाका शंकर खरालले ५ हजार २ सय ५७ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले २ हजार ८ सय ४१ मत प्राप्त गरेका छन् ।

 

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले सबैभन्दा धेरै मत ल्याउदै जिततर्फ उन्मुख भएकी छन् । उनलेपनि कांग्रेस उम्मेदवार कोपिला रानाभाटसँगको मतान्तर बढाउँदै लगेकी छन् । गुरुङले ५१ हजार ५ सय ८९ मत प्राप्त गरेर अग्रता कायम राखेकी छन् । उनलाई कांग्रेसकी रानाभाटले ४८ हजार ४ सय ९२ मत ल्याएर पछ्याईरहेकी छन् । गुरुङ रानाभाट भन्दा ३ हजार ९७ मतले अघि छिन् । उपमेयर पदमा राप्रपाकी रञ्जना सेनले ५ हजार २ सय ९९ मत प्राप्त गरेकी छन् । उनल मेयर आचार्यका भन्दा २ हजार ३४८ मत बढि ल्याएकी छन् । पोखरा महानगरको अन्तिम मतपरिणामा आज साँझ सम्म आउने अनुमान गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...