पोखराको मेयरमा नेकपा एसका आचार्य र उपमेयरमा एमालेकी गुरुङ निर्वाचित

पोखरा महामनगरको १५ औं मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन् । उनले नेकपा एमालेका कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गरेका हुन् ।
आचार्यले ५८ हजार ८९३ मत पाउँदा नेकपा एमालेका थापाले ५२ हजार ८४८ मत पाएका छन् ।उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ लोकप्रिय मतसहित दोहोरिएकी छन् । गुरुङले ६० हजार ५४६ मत पाउँदा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६६३ मत पाइन् ।

पोखरा महानगरमा नेपाली कांग्रेसले २३, नेकपा एमालेले ९ र एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेको छ । स्वतन्त्र उम्मेदवारलाई नेपाली कांग्रेस र नेकपा माओवादीले समर्थन गरेको थियो ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...