बी–१३ माथि मसिना एफसीको कठिन जित

पोखरा, जेठ १३ गते ।बी–१३ लाई पराजित गर्दै मसिना फुटबल क्लब जनएकता क्लब पोखरा–१४ ले आयोजना गरेको प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । रामेश्वरी माविको खेल मैदानमा आयोजित प्रतियोगिताको पहिलो क्र्वाटरफाईनल खेलमा मसिनाले बी–१३ लाई १–० को कठिन जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्यो । जितका लागि विश्व थापाले निर्णायक गोल गरे । खेलमा मसिनाका गोलकिपर सुनिल घोताने म्यान अफ दि म्याच घोषित भए ।

भीमकाली एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै विजयपुर युनाईटेड अन्तिम चारमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवैको तर्फबाट १–१ गोल भएपछि निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । निर्धारित समयमा भीमकालीका लागि राम शाहीले गोल गरे । विजयपुर युनाईटेडका लागि अजित गुरुङले गोल गरेका थिए ।

निर्धारित समयमा बराबरी गोलपछि पेनाल्टी सुटआउटमा विजयपुर युनाईटेडले जित निकाल्दै अन्तिम चारमा पुग्यो । उनै राम शाहीको पेनाल्टी चुक्दा भीमकाली प्रतियोगिताबाट बाहिरिन पुग्यो । भीमकालीका लागि अन्जन देवकोटा र सुमित श्रेष्ठले गोल गरेका थिए । विजयपुरका लागि अजित गुरुङ, अनन्त गुरुङ र जय गुरुङ म्यान अफ दि म्याचबाट विजयपुरका गोलकिपर आकाश रानाभाट चुनिए ।

त्यसैगरी तेस्रो क्वार्टरफाईनल खेलमा रत्नचोकले आर्दश युवा क्लब भण्डारढीकलाई पेनाल्टी सुटआउटमै पराजित गर्यो । रत्नचोकले आर्दशलाई ४–३ गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । आर्दशका लागि विशन गुरुङ, विमल राना र अर्जुन गुरुङको प्रहारले सही दिशा लिदाँ सुदीप रानाको प्रहार खेर गएको थियो । रत्नचोकका लागि कृष्ण रानाभाट, सकुल गुरुङ, सोनु गुरुङ र योगेश गुरुङले पेनाल्टी चुकाएनन् । खेलमा योगेश म्यान अफ दि म्याच घोषित भए ।

अन्तिम क्र्वाटरफाईनल खेलमा एम–१२ ले भीमाद युथ क्लबलाई पेनाल्टी सुटआउटमा २–१ गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ । भीमादको लागि अभिषेक राईले गोल गर्दा एम–१२ को लागि अविनाष तामाङले गोल गरेका थिए । बराबरीसँगै पेनाल्टी सुटआउटमा भीमादका युकेश गुरुङले गोल गरे । लोकेश थापा र विनोद घिमिरेको प्रहार खेर गएको थियो । एम १२ को लागि मीन गुरुङ र समिर प्रधानले गोल गरे भने सरोज तितुङको प्रहार खेर गएको थियो । खेलमा रोमन थापा म्यान अफ दि म्याच घोषित भए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...