रेडक्रस गण्डकीको प्रदेश स्तरिय कार्यशाला

पोखरा, जेठ २० गते । नेपाल रेडक्रस सोसाईटीको आयोजनामा गण्डकी प्रदेश स्तरिय चार दिने कार्यशाला पोखरामा सम्पन्न भएको छ । आठौँ विकास तथा राष्ट्रिय सोसाईटी विकास योजना स्थानीयकरण र महिला, युवा र सीमान्तकृत समूह सदस्यता विस्तार विषयक कार्याशाला सम्पन्न भएको हो ।

कार्यशालामा नेपाल रेडक्रस सोसाइटीले तय गरेका चार राणनीतिक क्षेत्र र राष्ट्रिय विकास योजना अन्र्तगतका नौँ वटा क्षेत्रहरुलाई आधार मानेर छलफल गरिएको थियो ।नेपाल रेडक्रस सोसाइटीले सन् २०२२–०२५ सम्म गर्ने कार्यहरु समेटेर योजना बनाएको छ । सोही योनजालाई स्थानीयकरण गर्ने उदेश्य सहित गण्डकी प्रदेशमा आयोजना भएको कार्यशालाले गण्डकी प्रदेशको योजनाको खाका बनाएको रेडक्रस गण्डकीका सभापति सूर्य प्रसाद ढकालले बताए ।

 

कार्यशालाले गण्डकी प्रदेशको आवधिक योजना बनाउने आधार तय गरेको ढकालले बताए । महिला, युवा, अपाङगता भएका समुदायको बारे कार्यक्रममा छलफल हुनुको साथै रेडक्रसको गतिबिधिलाई सशक्त बनाउन कार्यशाला सफल भएको ढकालको भनाई छ ।कार्यशालामा सहभागी हुन गण्डकी प्रदेशका ११ जिल्लाबाट शाखा प्रतिनिधि, युवा रेडक्रस सोसाइटिका प्रतिनिधि र गण्डकी प्रदश सरकारका कर्मचारी सहभागि थिए ।

 

कार्यशालाको समापन कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका उपकार्यकारी निर्देशक सुदर्शन अधिकारीले गण्डकी प्रदेश समितिले स्थापनाको छोटो समयमा गरेको कार्यको प्रशंसा गरे । अधिकारीले रेडक्रस योजना बनाएर कार्यान्वय गर्ने क्रममा रहेको बताए ।रेडक्रसले आठौ विकास योजना अन्तरगत सुशासन र संगठन विकास, विपद् तथा शंकट व्यवस्थापन, स्वास्थ्य र सामुदायीक हेरचाह, मानविय सिद्धान्त र अन्तराष्ट्रिय मानविय कानुनलाई राणनीतिक क्षेत्र मानेर कार्ययोजना बनाएको छ ।

 

समापन कार्याक्रममा प्रशिक्षक नेपाल रेडाक्रस सोसाइटीका निर्देशक मना अर्याल, पुजा कोइराला, गोर्खा रेडक्रसका सभापति यदुविलास भट्टराई, सामाजिक विकास मन्त्राल गण्डकी प्रदेशका टंक ढकाल, युवा रेडाक्रस सोसाईटी भानुभक्त क्याम्पस तनहुँका सुनिता विक, रेडक्रस गण्डकीका बलराम आचार्यले बोल्दै कार्यशालाले थप उर्जा प्रदान गरेको बताएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...