अन्नपूर्ण आरोहण दिवसः पदयात्रा पर्यटनसँग लेस्पारलाई जोड्नुपर्ने

पोखरा, जेठ २१ गते ।अन्नपूर्ण आरोहण दिवसका अवसरमा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघद्वारा अन्नपूर्ण आरोहण दिवसका अवसरमा आयोजित कार्यक्रममा पर्वतको लेस्पारलाई पदयात्रा पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औंल्याइएको छ ।संघद्वारा पर्वतको मोदी गाउँपालिका वडा नं ४ स्थित लेस्पारमा आयोजित कार्यक्रममा वक्ताहरूले धेरै सम्भावना भएर पनि ओझेलमा परेको लेस्पार पदयात्रा पर्यटनका दृष्टिले आकर्षक गन्तव्य भएको भन्दै यसको प्रवद्र्धन आवश्यक भएको बताए ।

मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले लेस्पार पदयात्रा पर्यटनका दृष्टिले धेरै सम्भावना भएको बताउँदै यसको प्रवद्र्धन र विकासका लागि सबैको साथ र सहयोग आवश्यक हुने बताउनुभयो । गाउँपालिकाले यहाँको विकासलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशिलराज पौडेलले लेस्पारको पर्यटकीय सम्भावनालाई उजागर गर्नका लागि नै यस वर्षको अन्नपूर्ण आरोहण दिवस यस गाउँमा मनाइएको बताउनुभयो ।

 

पदयात्रा पर्यटनसँग गाउँलाई जोड्नसके स्थानीयको आर्थिक समृद्धि बढ्ने बताउँदै उहाँले स्थानीयलाई उत्पादनसँग पनि जोड्नुपर्ने उल्लेख गर्नुभयो ।पर्यटन कार्यालय पोखराका प्रमुख थमनसिंह गौतमले पर्यटन प्रवद्र्धनसँगै स्थानीयलाई उत्पादनसँग जोड्दै रोजगारी अभिबृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

संघका पूर्व अध्यक्ष रामचन्द्र शर्माले पदयात्रामार्गसँग जोडिएको लेस्पारले धेरै सम्भावना बोकेको बताउनुभयो ।कार्यक्रम संयोजक एवम् टान पश्चिमाञ्चल क्षेत्रीय संघका द्वितीय उपाध्यक्ष कृष्णप्रसाद आचार्यले लेस्पारको पर्यटकीय सम्भावनाको प्रवद्र्धनका लागि अन्नपूर्ण डे यसै ठाउँमा मनाइएको बताउनुभयो ।संघका सहसचिव रेशम अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा लेस्पार सामुदायिक होमस्टेका सचिव नरसिंह पुन, समाजसेवी टिका पुन लगायतले लेस्पारको पर्यटकीय सम्भावनाबारे चर्चा गर्दै यसलाई पदयात्रासँग जोड्नुपर्ने बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...