लुम्बिनी विकास बैंकका ग्राहकलाई केबुलकारमा १० प्रतिशत छुट

पोखरा, जेठ २४ गते ।लुम्बिनी विकास बैंकले पोखराको अन्नपूर्ण केबुलकारमा आफ्ना ग्राहकलाई केबुलकार सेवामा छुट दिने सम्झौता गरेको छ । सम्झौतामा अनुसार लुम्बिनी विकास बैंकले ग्राहकहरुलाई डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरि अन्नपूर्ण केबुलकारको सेवा लिए बाफत भुक्तानी गर्दा १० प्रतिशत छुट प्रदान गर्ने छ । पोखराको सेदी देखी सारङकोटसम्म सञ्चालनमा आएको केबुलकार पर्यटकको आकर्षक गन्तब्य बनेको कम्पनीले जनाएको छ ।

बैंकले देशका ७ वटै प्रदेशमा ८६ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...