द स्टार म्युजिक भिडियो अवार्ड २०२२ सम्पन्न

नेपाली गीत, संगीत र संस्कृति संरक्षणको अभियान, राष्ट्रिय एकता सहितको हाम्रो पहिचान भन्ने मूल नाराका साथ ग्रेट नटराज फिल्मस् प्रा.लि. ले द स्टार म्युजिक भिडियो अवार्ड २०२२, यो बर्ष कलाकारीता क्षेत्रमा सक्रिय क्रियाशील ४२ वटा बिधाका कलाकारहरुलाई एक समारोहका बीच सम्मान तथा पुरस्कार वितरण गरिएको छ । प्रमुख अतिथि नेपाल सरकारका पूर्व खानेपानी मन्त्री बिना मगर र हास्य कलाकार किरण के.सी. बाट विभिन्न बिधाका विजयीहरुलाई संयुक्त रुपमा पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । उक्त कार्यक्रममा उक्त कार्यक्रममा बिगत २५ बर्ष देखि चलचित्र क्षेत्रमा कार्यरत कलाकार मोर्डन पप गीत (मोडल) मा ४२ वटा बिघामध्ये ओ मेरो ह्याण्डसम् बोलको गीतका लागी कलाकार प्रकाश श्रेष्ठलाई पुरस्कृत गरिएको थियो । शनिबार ठमेलको एक होटलमा भएको उक्त कार्यक्रममा पुरस्कारको साथसाथै सिटीजन्स लाइफ इन्स्योरेन्सको पांच लाख बराबरको जीवन बिमा सहित प्रथम अवार्ड प्रदान गरिएको छ । त्यस्तैगरी गायक प्रताप दास र एलिना चौहानलाई उत्कृष्ट पुरुष तथा महिला गायक, गायीकाको पुरस्कार प्रदान गरिएको छ । राहुल बराइलीलाई उत्कृष्ट भिडीयो निर्देशक, र हरिस निरौला पुरुष मोडलको रुपमा सम्मान गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...