वडा नं. १० मा बृहत सरसफाइ अभियान

पोखरा, ३० जेठ ।पोखरा महानगर पालिका वडा नं १० को क्षेत्र नं ३ मा रहेको १२ वटा टोलमा वडा स्तरीय जिरो वेष्ट बृहत सरसफाइ अभियान २०७९ एक कार्यक्रम को आयोजना गरी टोल बिकास सस्था र आमा समुह का १०५ जना पदाधिकारी सदस्यहरू को उपस्थितिमा सरसफाइ अभियन्ता सम्मर बहादुर श्रेष्ठले सरसफाइ अभियान कार्यक्रममा उपस्थित करिब ७० जना सहभागीहरू लाई जिम्बको बेर्ना र कुरीलोको बिउ बितरणका साथ ५०% सहयोगमा कम्पोष्ट मल बनाउने ड्रम र रू ७० हजार पर्ने बायोग्यास प्लान्टलाई अन्य सरकार बाट अनुदान र रू १० हजार मा उपलब्ध गराइदिने बताउनु हुदै शुभ लालीगुराँस क्याटरिङ्ग सर्भिसको सभाहल मा उद्धाटन सम्पन्न गर्यो।

वडा स्तरिय जिरो वेष्ट बृहत सरसफाइ अभियान २०७९ उद्धाटन कार्यक्रममा पोखरा महानगर पालीका वडा नं १० का वडा सदस्य परमेश्‍वर बहादुर कार्कीको प्रमुख अथितीमा ब्यानरमा हस्ताक्षर र सरसफाइ सम्बन्धि पुस्तक बिमोचन गरि कार्यक्रमको उद्धाटन गर्नुहुदै वडा नं १० मा वडा समिति कार्यालय वडा नं १०, नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखा र हेरालो प्रतिष्ठान पोखराको त्रिपच्छिय सहभागिता र सकृयतामा वडा नं १० को १२ वटा टोलका ५ सय घरका करिब ६ सय जनालाई समेटि फोहरलाई बर्गिकरण गरि बिक्रि हुने र कम्पोष्ट मल बन्ने फोहर को पहिचान गरि वडा बाटनै जिरो वेष्ट मा लैजाने सोच ल्याई काम गरेकोमा दुबै सस्थालाई धन्यबाद दिनुहुदै यस्ता बाताबरण संरक्षण गर्ने काममा वडाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुहुदै सफलताको शुभ कामना ब्यक्त गर्नुभयो ।

 

वडा नं १० का टोल बिकास सस्था र आमा समुहका पदाधिकारीहरूलाई उपस्थित गराई उक्त वडा स्तरिय जिरो वेष्ट सम्बन्धि बृहत सरसफाइ अभियान उद्धाटन कार्यक्रममा उपस्थित पोखरा महानगर पालिका सरसफाइ शाखाका शाखा प्रमुख कल्पना बरालले हिजोको पोखरा आजको पोखरा र भोलिको पोखरा कस्तो बनाउने भन्ने बारेमा हामी सबै सचेत हुनुपर्ने र घरबाट फोहर कसरी निस्कन्छ र कसरी ब्यबस्थापन गर्न सकिन्छ भन्ने जानकारी दिनुहुदै जैविक फोहोर ६०%, पुन प्रयोग हुने ३५%, र ल्यान्डफिल ५% फोहोर निस्कने बताउनुहुदै फोहरलाई श्रोतमै घटाउन सकिने र सामान खरिद गर्न जादा सकेसम्म प्लास्टिकका सामान कम प्रयोग गर्ने बताउनु भएको उक्त कार्यक्रममा हेरालो प्रतिष्ठान पोखराका निबर्तमान अध्यक्ष रोस गुरुङ्गले आ आफ्नो घर आग्रह र टोल सफा सुग्घर राख्नुनै सभ्य नागरिकको पहिचान हो भन्ने नाराका साथ वडा न १० लाई पोखराको नमुना वडा बनाउन सबै टोलबासीहरूले आ आफ्नो घरबाट फोहरलाई बर्गिकरण गरी मोहरमा परिणत गर्न लागी पर्नुपर्ने डकुमेण्टि समेत प्रशिक्षण दिनु भएको कार्यक्रममा बायोग्यास प्लान्ट निर्माण कम्पनीका डाइरेक्टर शेसन शाक्यले शहरी क्षेत्रको ६५% कुहिने फोहोर व्यवस्थापन गर्न बायोग्यास प्लान्ट ले सहयोग गर्ने बताउनु हुदै उक्त बायोग्यास प्लान्ट जडान ले दुइ तर्फ फाइदा हुनेभन्दै झोल मल र ग्यास बाट आगो बाली दाल भात दुध चिया पकाउन सकिने बताउनुहुदै बायोग्यास प्लान्ट घरघरमा फिटिङ्ग गर्नाले श्रोतमै फोहर कम हुने बिषय मा सबैलाई प्रशिक्षण दिनुभयो ।

 

वडा स्तरिय जिरो वेष्ट बृहत् सरसफाई अभियान २०७९ मा पोखरा महानगरपालिका वडा नं १०, नेपाल रेडक्रस सोसाईटी पोखरा १० र हेरालो प्रतिष्ठान पोखराको सहयोगमा संचालित वडा स्तरिय सरसफाई अभियान कार्यक्रममा अन्तरक्रिया गर्दै नबुझेका कुरा बुझाउदै संचालन गरिएको उक्त प्रशिक्षण कार्यक्रममा वडा नं १० का निबर्तमान वडा सदस्य दिपक बहादुर थापा, पोखराका सरसफाई उभियन्ता एवं समाज सेबी चन्द्र प्रसाद गुरुङ्ग, वेष्ट मेनेजमेण्ट रि साईकलिङ्ग प्रा. ली का प्रोप्राइटर बिष्णु शर्मा, सिष्टिटोल बिकास सस्थाका अध्यक्ष चुत्र बहादुर थापा, कामना टोल आमा समुह का अध्यक्ष सिमा गुरुङ्ग, अन्नपूर्ण मार्ग ए टोल विकास सस्थाका सचिव बिन प्रसाद गुरुङ्ग लगायतका सहभागी हरूले आ आफ्नो बिचार ब्यक्त गर्दै यो अभियान अभियानमा मात्रै सीमित गर्न नहुने भन्दै टोल टोल बाट सक्रिय हुनुपर्ने धारणा ब्यक्त गरेका थिए ।

 

वडा नं १० का निबर्तमान वडा सदस्य एव सरसफाइ अभियानका संयोजक समर बहादुर श्रेष्ठले सरसफाइ कार्यक्रमको वारेमा जानकारी गराउदै वडा लाई जिरो वेष्ट बनाउन हामि मात्र लागेर हुन नसक्ने हुदा उक्त अभियान सफल बनाउन सबै वडाका टोल बासीहरु एकजुट भै लाग्नु पर्ने बताउनुहुदै हाम्रो वडा राम्रो वडा सफा वडा बनाउने सोचका साथ यो अभियान शुभारम्भ गरिएको अभियान को पहिलो चरणमा वडा नं १० को ३ न क्षेत्रका नागिनटोल , जनप्रिय टोल, हिमाली टोल, सम्बृधी टोल , मिलन टोल,सिमल बोट मार्ग, सिष्टिटोल, सुनकोशी, शिब नगर टोल, लखन टोल, शुभराज्य टोल र बेथानी टोल गरी १२ वटा टोलका पाच सय घरपरिवार लाई समेटी जिरो वेष्ट बृहत सरसफाइ अभियान सुचारू गरिने सम्मर बहादुर श्रेष्ठले बताउनु भयो ।

 

उक्त सरसफाइ अभियान उद्धाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा १० का उप सभापति एवं कार्यक्रम संयोजक जीवन श्रेष्ठले स्वागत गरेको कार्यक्रम उपशाखाका सचिव सुर्य बहादुर बानियाले संचालन गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...