रुपा गाँउपालिकामा बिशाल सहकारीको निःशुल्क स्वास्थ्य शिविर

पोखरा ।पोखरा ४ बुद्ध बिशाल बजारमा रहेको बिशाल बचत तथा ऋण सहकारी संस्थाले रुपा गाँउपालिका ७ पोल्याङटारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।


निःशुल्क स्वास्थ्य शिविरमा बोल्दै रुपा गाँउपालिका ७ का वडा अध्यक्ष दीपेन्द्र गौतमले कास्की जिल्लाकै दुर्गम गाँउको उपमा पाएको रुपा गाँउपालिका ७ पोल्याङटारमा आएर वडा वासीलाई द्रोस्रो पटक निःशुल्क बिशाल सहकारीले स्वास्थ्य शिविर सन्चालन गरेकोमा आभार प्रकट गरेका थिए । कार्यक्रममा सहकारीका उपाध्यक्ष शिव शर्माले बिशाल बचत तथा ऋण सहकारीले सहकारीका मुल्य मान्यता बमोजिम यस प्रकारका सामाजिक कार्यहरु गरीरहेको बताए ।

११९ जना महिलाहरुको स्वास्थ्य जाँच गरिएको कार्यक्रममा मनीपाल अस्पातल तथा गण्डकी अस्पतालका प्रसुती सम्वन्धी डाक्टरहरु डा. अंगना पराजुली,डा.श्रीना श्रेष्ठ डा. प्रिया गुरुङ डा. सदिक्षा रानाभाट लगाएतको टोलिले बिरामीहरुको जाँच गरेको थियो ।

कार्यक्रममा बिशाल बचत तथा ऋण सहकारी संस्थाका निर्वतमान उपाध्यक्ष जगन्नाथ ढकाल सहकारीका कोषाध्यक्ष वालकृष्ण ढकाल लेखा संयोजक रामकृष्ण दुवाडी सदस्य रमा शर्मा लगाएतले बोलेका थिए । बिशाल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष शिव शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक वुद्धि प्रसाद पौडेलले गरेका थिए भने कार्यक्रम सन्चालन सहकारीकी सचिव तारादेवी पराजुलीले गरेकी थिइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...