हेमजामा शुभकामना गोल्डकप सुरु, विरगंजलाई हराउँदै आयोजक सेमिफाइनलमा

पोखरा, असार ४ गते ।हेमजा युनाइटेड क्लबको अयोजनामा शनिबारदेखी छैटौं हेमजा शुभकामना गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।
पोखरा २५ हेमजा स्थित गौरीशंकर खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजकले विरगंज युनाइटेड माथि ३–१ को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।


खेलको सुरुवात देखी नै निकै दबदबा राखेको हेमजाका लागि सुमन अर्याल नायक बने । उनले २ गोलको महत्वपूर्ण योगदान दिए । यस्तै अर्को गोल कमल थापा मगरले गरे । विरगंजका लागि कृपा चौधरीले गोल गरे । सुरुवात देखीनै खेललाई आफ्नो नियन्त्रणमा राखेको हेमजाले खेलको दोस्रो मिनेटमै गोल गर्ने अवसर खेर गयो । कमलले नै गरेको करिब ८० यार्ड टाढाबाट गरेको शसक्त प्रहारमा विरगंजका गोलरक्षक तथा कप्तान दिलमणी चौधरी बाधक बने लगत्तै विरगंजका विवेक चौधरीको प्रहारलाई हेमजाका गोलरक्षक दिप कार्कीले बचाउ गरे । ७ औं मिनेटमा सुरज ज्यु ठकुरीको क्रसमा सुमन अर्यालको प्रहारमा विरगंजका डिफेन्डर शिसास थापा बाधक बने । उनले हेमजाको गोल गर्ने सुवर्ण अवसरलाई डिफेन्ड लाइनबाट क्लियर गरिदिए ।

 

खेलको ११ औं मिनेटमा हेमजाले पेनाल्टीको अवसर प्राप्त ग¥यो । हेमजाका सुनिल विकको क्रसलाई डि एरियाभित्र नियन्त्रणमा लिने प्रयास गर्दा विरगंजका सृर्जन क्षेत्रीको हातमा लागेपछि पेनाल्टीको अवसर प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा सुमनले सहजै गोल गरे । २७ औं मिनेटमा हेमजाका फ्लोरेन्टले विरगंजका कृपा चौधरीलाई डि एरिया नजिकै लडाएपछि विरगंजले खेलमा फर्किने अवसर प्राप्त गरेको थियो । निकै नजिकबाट पाएको स्वर्ण फ्रि–किकको विवेक चौधरीले सदुपयोग गर्न सकेनन् । उनको प्रहार बाहिरियो । २८ औं मिनेटमा हेमजाका कप्तान मनबहादुर तामाङको क्रसपासमा कमलले उत्कृष्ट हेडर गर्दा गोलरक्षक दिलमणीले बचाउ गरे ।

 

२९ औं मिनेटमा विरगंगका विवेक अफसाइड रहँदा बराबरी गर्नबाट चुके । कृपाले उत्कृष्ट क्रसपास गरेपनि उनी पहिले नै अफसाइड रहँदा बराबरीको अवसर खेर गएको हो । खेलको ३६ औं मिनेटमा कमलले डिबक्सभन्दा बाहिरबाट शक्तिशाली प्रहार विरगंजका गोलरक्षकको हातमा लाग्दै गोल हुन पुगेको थियो । त्यसपछि विरगंज निकै दबाबमा परेको थियो । पहिलो हाफमा २ गोलले पछि परेको विरगंजको दोस्रो हाफको अन्त्यमा मात्रै खेलमा फर्किने प्रयास गरेको थियो त्यतिन्जेल निकै ढिला भइसकेको थियो । हेमजाले दोस्रो हाफको सुरुवाती २ मिनेटमै गोल गर्दै अग्रता तेब्बर पार्दा विरगंज समस्यामा परेको थियो । खेलको ४८ औं मिनेटमा हेमजाका सुमनले व्यक्तिगत दोस्रो गोल गरे । उनी खेलको म्यान अफदी म्याच समेत घोषित भए ।

 

विरगंजले खेल सकिन केहि मिनेटमात्रै बाकिँ रहँदा ३ वटा अवसर खेर फालेको थियो । उक्त अवसर खेरजादाँ जितबाट बञ्चित हुँदै घर फर्किएको छ । निर्धारित समयको पाँच मिनेट बाकिँ रहँदा विरगंजका कृपा चौधरीको लगातारको ३ अवसर खेर गयो । उनको चौथो प्रयास भने गोलमा परिणत भयो । उनले खेलको ८८ औं मिनेटमा गोल गरे ।

 

८ दिनसम्म संचालन हुने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ३ लाख रपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ए डिभिजन र आयोजक सहित ८ टिमको सहभागिता रहने छ । हेम्जा युनाइटेड पोखरामा सम्पन्न कास्की जिल्ला क्लब स्तरीय लिग विजेता समेत हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...