चर्च ब्वाइजको संघर्षपूर्ण जित

पोखरा, असार ५ गते । पोखरा हेम्जामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइजले संघर्षपूर्ण जित सहित सेमिफाइनलको यात्रा तय गरेको छ । हेम्जा युनाइटेड क्लबको आयोजनामा आइतबार भएको क्वाटर फाइनल खेलमा चर्च ब्वाइजले कालिका स्पोट्र्स एकेडेमीलाई १–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।


चर्च ब्वाइजलाई गोलका लागि दोस्रो हाफ कुर्नु परेको थियो । खेलको सुरुवात देखि नै कालिकालाई निकै दबाबमा राखेपनि कुनै गोल गर्न सकेन । पहिलो हाफ बराबरीमा सकिएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । हेम्जा युनाइटेडको आयोजनामा गौरीशंकर खेल मैदानमा जारी खेलमा सुरुवातदेखी नै कालिका माथि चर्च ब्वाइजले दबाब सृर्जना गरेको थियो । कालिकाले पहिलो हाफमा कुनैपनि आक्रमण गर्न सकेन ।

 

खेलको दोस्रो मिनेटमा नै चर्चब्वाइजका कप्तान मिलन राईको पासमा आसिष चौधरीले गरेको उत्कृष्ट प्रहार पहिलो बारमा लाग्दै बाहिरियो । १५ औं मिनेटमा कप्तान मिलनको लामो प्रहार क्रसबार नजिकैबाट बाहिरियो । खेलको २५ औ मिनेटमा निशान खड्काको लामो प्रहारलाई कालिकाका गोलरक्षक प्रदिप भण्डारीले उत्कृष्ट बचाउ गर्दा रिफ्लेक्ट बलमा आसिषको पासमा हेमन्तले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार समेत बचाउँ गर्दै खतरा टारे । कालिकाले भने पोष्टमा कुनै प्रहार गर्न सकेन ।

 

खेलको ५० औं मिनेटमा विवेक पौडेलले निशान्त खड्काकालाई दिएको पासमा निशान्त पुनः विवेकलाई वानटच पास र विवेकले पुनः निशान्तलाई दिएको वान टचपासमा गेको प्रहार बाहिरियो । खेलको ५३ औं मिनेटमा चर्च ब्वाइजका आशिष चौधरीले उत्कृष्ट गोल गर्दै अग्रता दिलाए । अशोक खवासको लामो पासलाई आसिषले नियन्त्रणमा लिदैं गरेको चिफ प्रहार गोलरक्षक प्रदिप भण्डारीलाई नाघ्दै क्रसबारमा लागेर जालि चुमेको थियो ।

 

सुरुदेखी नै कालिकालाई दबाबमा राखेको चर्चब्वाइजको हौसला थप बढेको थियो । ६४ औं मिनेटमा आसिषले सेन्टरबाट लगेको बल कप्नात मिलन राईलाई दिएको पासमा मिलनले हेमन्त थापा मगरलाई दिएको पासमा हेमन्तले ब्याक फ्लिक गरेको बल पोस्ट नजिकैबाट बाहिरियो । खेलको ५९ औं मिनेटमा मिलनको शक्तिशाली प्रहारलाई कालिकाका कप्तान जोन जुनियरले बचाउ गरे । खुमलटार युथ क्लब र बागमती युथ क्लब बीच तेस्रो क्वाटरफाइनल खेल हुनेछ । प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...