त्रि.वि. कर्मचारी संघको १२ औं निर्वाचनको प्रचार प्रसारमा प्रगतिशील कर्मचारी संगठन अगाडी

आगामी असार १० गते हुन गइरहेको त्रि.वि. कर्मचारी संघको १२ औं निर्वाचनको प्रचार प्रसारमा प्रगतिशील कर्मचारी संगठन अगाडी देखा परेको छ । उपत्यका भित्र र देशैभरका क्याम्पस, कार्यालय, विभागहरुमा यतिबेला प्रगतिशील कर्मचारी संगठनका कर्मचारी आफ्नो पक्षको घडी छापमा मतदान गर्न अनुरोध गर्दै युवा कर्मचारी छत्रबहादुर कार्कीको प्यानललाई जिताउनका लागि आग्रह गर्दै अघि बढेका छन् । उपत्यका बाहिर संगठनका पूर्व अध्यक्ष हेमराज न्यौपाने संगठनका महासािचव सुनिल पोखरेल लगायतका नेताहरुले पूर्वका विभिन्न क्याम्पस कार्यालयमा घडी चिन्हका लागि मत माग्दै अघि बढेका छन् । कर्मचारीहरुको प्रत्यक्ष सरोकार प्रगतिशील कर्मचारी संगठनले मात्रै पुरा गर्नसक्ने र त्यस्का लागि गठबन्धनलाई परास्त गर्नुपर्ने बताउंदै आगामी कर्मचारी संघको निर्वाचन मार्फत आम कर्मचारीहरुको मागहरुलाई त्रि.वि. पदाधिकारीहरु समक्ष राख्ने बताउंदै कुनै पनि संघ, संगठको दवाब, लोभ, लालचमा नफस्नको लागी पूर्व अध्यक्ष हेमराज न्यौपानेले बताएका छन् ।

अध्यक्षका प्रतयासी छत्रबहादुर कार्कीले निर्वाचनमा स्वस्छ प्रतिस्पर्धा गर्न चाहेको र त्रि.वि. को गरिमा उच्च बनाउंदै त्यहां कार्यरत सम्पूर्ण कर्मचारीहरुको पेशागत हक, हित र अधिकारको लागि सधैं लड्ने प्रण गर्दै प्रगतिशील कर्मचारी संगठनले कर्मचारी माझ ल्याएको घोषणापत्र बाट एक इन्च पनि तलमाथी नहुने, भएको खण्डमा कर्मचारीले जस्तोसुकै कार्वाही गरेपनि हुने भन्ने अभिव्यक्ति दिएका छन् । यो निर्वाचनले सत्यको पक्षमा जित दिलाउने र आम कर्मचारीहरुको माग सम्बोधन प्रगतिशील कर्मचारी संगठनले मात्रै गर्नसक्ने धारणा व्यक्त गर्नुभएको छ । त्यस्तैगरी चुनावी अभियानमा आफ्नो संगठन विरुद्ध भ्रामक समाचारहरु नर्छर्न गठबन्धनलाई सुझाव दिएका छन्  ।

तीन बर्षको कार्यकाल लम्ब्याएर पांच बर्ष सम्म कुर्सीमा बसेर कर्मचारीहरुको बिषयमा साखै कुनै प्रगति नभएको, कर्मचारीहरुको वितृ विकासमा मौन रहेको, सरुवा बढुवा लगाएत विज्ञापनमा समेत प्रभावकारी भूमिका निर्वाह गर्ननुसकेका कारण ती समस्याहरु र अन्य काम सम्पन्न गर्नका लागि समेत घडी चिन्हमा मतदान गर्न आम कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ । त्रि.वि. कर्मचारी संगठनले उपत्यकाका विभिन्न क्याम्पस, कार्यालय, विभाग, अनुसन्धान केन्द्रहरु लगायतका कार्यालयहरुमा उम्म्ेदवारहरु सहित दिनहुं भेटघाटको कार्यक्रम गरिरहेको छ । त्रि.वि. कर्मचारी संगठनको तुलनामा चुनावी प्रचार प्रसारमा गठबन्धनमा सहभागी समूह पुग्न नसकेको एकथरी कर्मचारीहरुले बताउंदै आएका छन् ।यसपटकको निर्वाचनमा प्रगतिशील कर्मचारी संगठनका तर्फबाट संगठनका अध्यक्ष छत्रबहादुर कार्की र प्रजातान्त्रिक–वाम लोकतान्त्रिक कर्मचारी समूहको तर्फबाट पुण्यप्रसाद आचार्यको प्यानल चुनावी मैदानमा रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...