पोखरा महानगरपालिकाको कार्यपालिका बैठक रिसोर्टमा

पोखरा। पोखरा महानगरपालिका मेयर धनराज आचार्य फेरी विवादमा परेका छन् । महानगरभित्रै लाखौ रुपैयाँ खर्च गरेर कार्यपालिका बैठकका लागि निर्माण गरिएको बैठक कक्ष छाडेर रिसोर्टमा कार्यपालिका बैठक गरेपछि विवादमा परेका हुन । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचन लगत्तै कार्यपालिका बैठक बस्नकै लागि महानगरपालिकाभित्र रहेको सभा कक्षलाई पूर्ननिर्माण गरिएको थियो । तर नवनिर्वाचित मेयर धनराज आचार्यले नीति तथा कार्यक्रम सार्वजनीक गर्ने एकदिन अगाडी आह्वान गरेको बैठक रिसोर्टमा बोलाएका हुन् । अघिल्लो पाँच वर्षका कार्यपालिका बैठक महानगरकै हलमा बसेको सम्पन्न भएको पूर्व वडा अध्यक्षले बताए । पोखरा महानगरले भोलि आर्थिक वर्ष २०७९ ८० को नीति कार्यक्रम सार्वजनीक गदै छ भने १० गते बजेट ल्याउदै छ । साँझ पाँच बजे पोखराको लेकसाइडस्थित टिका रिसोर्टमा कार्यपालिका बैठक बसेको हो ।

कार्यक्रमलाई नीति कार्यक्रमलाई अन्तिम रुप दिनुअघि आज साँझ मेयर आचार्यले पोखरा–६ लेकसाइडस्थित टीका रिसोर्टमा कार्यपालिका बैठक आयोजना गरेको एक वडा अध्यक्षले सफल न्यूजलाई बताए । आचार्यले रिसोर्टमा डिनरसहितको कार्यपालिका बैठक राखेको बताइएको छ । बैठक महानगरमै गरेको भए हुन्थ्यो किन होटलमा गर्नुपथ्यो एक वडा अध्यक्षले भने । यही कार्यालयमै गर्ने अवस्था हुदाँहुदै होटलमा जानुपर्ने थिएन ती अध्यक्षले भने । बैठकमा ४३ जना कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत र केही शाखा प्रमुखहरुको सहभागीता रहेको बताइएको छ ।

 

मेयर आचार्यले पोखरा महानगरको प्रमुख निर्वाचित भएपनि लायन्स शैलीमा अगाडी बढेको आरोप लागेको छ । स्थानीय तह निर्वाचनमा जनताको मतबाट विजयी मेयरले एनजीओ चलाएजस्तो गरी महानगर चलाउन खोजेको आरोप गठबन्ध दलहरुकै नेताले बताउने गरेका छन् । उनले निर्वाचित भए लगत्तै आयोजना गरेको क्लोज क्याप्ममा वितरण गरिएको प्रमाणपत्रमा प्रमुख र कार्यक्रम पाइलट राखेपछि आलोचना भएको थियो । महानगर प्रमुख ठूलो होकी ? कार्यक्रम पाइलट भन्दै सामाजिक सञ्जालमा ब्यग समेत गएिको थियो । उनी लायन्स अफ ३२५ बी वानका पूर्व गभर्नर हुन आचार्य । त्यसैले उनले लायन्सकै शैलीमा महानगर चलाउन खोजेको आरोप लागेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...