घट्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

बुधबार सुनको मूूल्य तोलामा ४ सयले घटेको छ । तोलामा ४ सयले घटेसँगै आज छापावाल सुन तोलाको ९७ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलबार ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुन ९७ हजार २ सय रुपैयाँमा कारोबार थियो ।त्यस्तै, आज चाँदी तोलाका १० रुपैयाँले घटेको छ । तोलामा १० रुपैयाँ घटेसँगै बुधबार चाँदी तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...