रुपा गाउँपालिकामा जिल्ला समन्वय समिती कास्किको अनुगमन

पोखरा जेठ /जिल्ला समन्वय समिती कास्किको टोलिले  रुपा गाउपालिकामा बुधबार अनुगमन गरेको छ। प्रमुख लिलाधर पौडेलको नेतृत्वमा सो गाउँ पालिकामा संघीय ,प्रदेश र स्थानिय तहहरुबाट संचालित विभिन्न बिकास योजनाहरुको अनुगमन निरिक्षण गरिएको हो।

निरिक्षणको क्रममा  प्रमुख पौडेलले संघीयताको मर्म अनुसार काम सम्पन्न गर्न आग्रह गर्दै जनताको बिकासको अपेक्षा पूरा  गर्न   गुणस्तरीय परिणाम निस्कने गरि कार्य गर्न आग्रह गरे ।उनले नागरिकले कुनै पनि बहानामा दु:ख पाउन नहुने भन्दै सबै जन- प्रतिनिधि जनताको अबस्था परिबर्तन गर्न लागि पर्नुपर्ने बताए।

 

अनुगमनमा समन्वय समिती कास्किका उपप्रमुख सरीता माल , कास्किका समन्वय अधिकारी नवराज बराल ,समन्वय कास्किका सदस्यद्वय राजु अधिकारी र हर्क बहादुर गुरुङ ,रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझा ,सोही पालिकाका उप प्रमुख लाल सुब्बा गुरुङ ,प्रशासकीय अधिकृत सन्तोष ढुङ्गाना , प्राबिधिक , इन्जिनियर  तथा कर्मचारीहरुको सहभागिता रहेको थियो।

 

सो अबशरमा टोलिले स्थानिय साझेदारी कार्यक्रम अन्तर्गत रुपा  गाउँपालिका वडा न तिनमा निर्माणाधिन गाउँघर क्लिनिक स्वास्थ चौकि भबन ,सेवा प्रदान गरिरहेको रुपाकोट अस्पताल ,पालिकाको प्रशासकीय सेवा ,सन्चालित अन्य योजनाको  अनुगमन सहित  जानकारी लिदै आबश्यक निर्देशन समेत दिइएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...