रुसी विदेशमन्त्री इरानमा, राष्ट्रपतिसँग भेटघाट

रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभ इरान पुग्नुभएको छ । उहाँले बुधबार नै इरानका राष्ट्रपति इब्राहिम राइसीसँग भेटवार्ता गर्नुभएको छ । इरानको राष्ट्रिय टेलिभिजन संस्था आइआरआइबीका अनुसार रुसी विदेशमन्त्री बुधबाधर इरानको भ्रमणमा जानुभएको थियो ।

उहाँ इरानमा दुई दिनसम्म रहनुहुने समाचारमा जनाइएको छ । त्यस क्रममा उहाँले इरानका विदेशमन्त्री अमिर अब्दुल्लाहिनसँग पनि भेटवार्ता गर्नुहुने बताइएको छ ।

उहाँहरुको भेटका क्रममा क्षेत्रीय सुरक्षाका साथै अफगानिस्तान सिरिया र युक्रेनका विषयमा कुराकानी हुने जनाइएको छ । साथै उहाँको यस भ्रमणका क्रममा इरान र रुसबीचको व्यापारिक साझेदारी र द्धिपक्षीय लगानी आदिका विषयमा पनि सम्झौता हुने बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...