पोखरा स्पोर्टस् अवार्डलाई तमु धि यूकेद्वारा एक लाख सहयोग 

पोखरा । तमुहरुको बेलायतकै सबै भन्दा ठूलो र साझा संस्था तमु धि युकेले पोखरा स्पोर्टस अवार्डलाई सहयोग गरेको छ ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यहि असार १८ गते हुने ‘छैटौं पोखरा स्पोर्टस अवार्ड’लाई तमु धि युकेले नगद १ लाख सहयोग गरेको हो । तमु धिं युकेबाट प्राप्त उक्त सहयोग संस्थाका नेपाल प्रतिनिधि मेजर लक्ष्मी प्रसाद गुरुङले मञ्चलाई हस्तान्तरण गरेका छन् ।

सो अवसरमा तमु धिं युकेका प्रतिनिधि तथा समाजसेवी मेजर गुरुङले तमु धिं युकेले नेपालमा हुने समाजका हरेक गतिविधिमा सहयोग गर्दै आएको उल्लेख गर्दै तमु धिका अध्यक्ष हितकाजी गुरुङ लगायत तमु धि युके परवारले कार्यक्रम सफलताको शुभकामना समेत सन्देश पठाएको बताए । उनले तमु धि युकेले नेपालको खेलकुद संगै शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रको विकासका लागि सहयोग गर्दै आइरहेको र त्यस मध्ये पोखरा स्पोर्टस अवार्ड समेत रहेको बताए ।

 

मञ्चका अध्यक्ष दिननाथ बरालको अध्यक्षतामा भएको रकम हस्तान्तरण कार्यक्रममा अग्रज फोटो पत्रकार तथा समितिका सह–संयोजक सुदर्शन रञ्जित, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठको सहभागिता रहेको थियो ।

 

पोखरा स्पोर्टस् अवार्ड अन्र्तगत वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद पैतिस हजार रुँपैयाको साथमा ट्रफी प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए । यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...