पोखरामा सडक भासियो, उपप्रमुख गुरुङद्धारा निरिक्षण

पोखरा, असार १२ गते । पोखरामा अविरल वर्षाका कारण सडक भासिएको छ । पोखरा वडा नम्वर ४ को फिर्केमा पोखरा ५ जोडने सडक भासिएको हो । सडक भासिएर दुई चिरा परेको छ ।

केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको छ ।फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको वडाध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिनुभयो ।

सडक भासिएसंगै सडक किनारमा रहेको एउटा कच्चिघर समेत भ्वाङ परेको छ । यसैवीच भासिएको सडकको पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले स्थलगत अनुगमन गर्नुभएको छ । वडा नम्वर ४ का वडा अध्यक्ष अध्यक्ष देवकृष्ण पराजुलीले सडक भासिएको जानकारी गराएपछि उपप्रमुख गुरुङ त्यहाँ पुग्नुभएको थियो ।

 

उहाँले निरिक्षण गरेपछि तत्काल माटो ल्याएर पुरेर सडक आवत जावत गर्न मिल्ने बनाउन महानगरका कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले वर्षामा प्राकृतिक विपत्ति आउने भएकाले सबै सजग हुनुपर्ने बताउनुभयो । यसैवीच वडा अध्यक्ष देवकृष्ण पराजुलीले सडक भासिदा आवतजावतमा समस्या भएको बताउदै तत्काल खुलाउन पहल गरिने बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...