पाल्पाली सहकारीको चौंथो वार्षिकोत्सवमा रक्तदान

पोखरा,असार ।पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौंथो वार्षिकोत्सव अवसरमा सोमबार खुला रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ३१ जनाले रक्तदान गरे ।

प्रमुख अतिथि पोखरा महानगरपालिका वडा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पाल्पाली समाज पोखराले लामो समयदेखि गर्दै आएको सामाजिक क्रियाकलापलाई आपूmले नजिकबाट हेरेको बताए । उनले पाल्पासँग पारिवारिक सम्बन्ध समेत रहेको उल्लेख गर्दै वडा कार्यालयले आगामी दिनमा सक्दो सहयोग गर्ने बताए । उनले पोखराको नयाँबजार र न्युरोड क्षेत्रमा स्ट्रिट नम्बर राख्ने तयारी गरिएको पनि जानकारी दिए ।

 

नेपाल स्वयंसेवी रक्तदाता समाजका कास्की अध्यक्ष वीरेन्द्र पराजुलीले रक्तअभाव खड्किएको माग पूरा गर्दै आफ्नो संजाल ३५ जिल्लामा बिस्तार भएको जनाए ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले अन्य चिजबस्तु जस्तो रगत बनाउन नसकिने र यसको मद्दतले मानवको जीवन बाँच्न सक्ने भएकोले रक्तदान जीवनदान र जीवनदान महादान भएको उल्लेख गरे ।

 

सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार समिति संयोजक लोकनाथ काफ्ले, सल्लाहकार जनपुकार मुनकर्मीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सहकारी लेखा सुपरीवेक्षण समितिका संयोजक नारायणप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन कार्यक्रम संयोजक एवं संस्थाका सचिव रेशम रचकले गरेका थिए । कार्यक्रममा प्राविधिक सहयोग रक्तसञ्चार केन्द्र पोखराले गरेको हो ।

 

पहिलो रक्तदाता सेयर सदस्य इन्दिरा पौडेललाई ब्लडब्याग हस्तान्तरण गरी उद्घाटन गरिएको कार्यक्रम सहकारीको कार्यालय पोखरा ९, नयाँबजार परिसरमा भएको हो । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको पाल्पाली समाज पोखराका अध्यक्ष समेत रहेका सहकारी सचिव रचकले बताए । सहकारी वार्षिकोत्सव अवसरमा केही दिनअघि आनन्दित गृहमा युरोगार्ड सहयोग गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...