त्रि वि कर्मचारी संघको केन्द्रीय निर्वाचन मतगणना छत्र बहादुर कार्की अगाडी

त्रि वि कर्मचारी संघको केन्द्रीय निर्वाचनको हालसम्मको मतगणना अनुसार प्रगतिशील कर्मचारी संगठनका अध्यक्षका उम्मेदवार छत्र बहादुर कार्की उपत्यका बाहिर र उपत्यका भित्रको क्याम्पस, कार्यालयको मतगणनामा अगाडी भएको निर्वाचन आयोगले जनाएको छ  ।

प्राप्त मतपरिणाम अनुसार टिचिगं अस्पतालको मत गणना बांकी रहेको छ । हाल सम्म छत्र बहादुर कार्की प्रजातान्त्रिक वाम गठन्धन भन्दा  ८१ मतान्तरले अगाडी रहेका छन । अहिले टिचिंग अस्पतालको मतगणना हुंदैछ ।

त्रि वि कर्मचारी संघको निर्वाचनमा निर्णायक मानिएको उक्त अस्पतालमा २००० को हाराहारीमा मत खसेको र सो स्थानमा समेत छत्रबहादुर कार्कीको प्यानल अगाडी रहेको अनुमान गरीएको छ ।

कर्मचारी संघको १२ औं आसन्न निर्वाचनका लागि त्रि.वि. मा कार्यरत कर्मचारीहरुको दुई वटा प्यानल त्रि.वि. प्रगतिशिल कर्मचारी संगठनका तर्फबाट छत्र बहादुर कार्कीको प्यानल र प्रजातान्त्रिक वाम लोकतान्त्रिक कर्मचारी समूहबाट पुण्यप्रसाद आचार्यको नेतृत्वमा आगामी कार्यकालको लागि उम्मेदवारी दर्ता गरी चुनावी मैदानमा होमिएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...