आज असार १५, पोखराको हेमजामा रोपाई महोत्सव

एकराज गिरी/पोखरा, असार १५ गते । आज असार १५ । नेपाली परम्परा अनुसार आज एक दिन हिलोमा टेक्नुपर्छ भन्ने नेपाली परम्परा रहेको छ । यही परम्परालाई निरन्तरता दिदै पर्यटकी क्षेत्र पोखरामा विगत १४ वर्षदेखि असारे रोपाई महोत्सव हुदै आएको छ । आन्तरीक तथा बाह्य पर्यटक प्रवद्धन गर्ने उद्देश्यले पर्यटन ब्यवसायीहरुको छाता संगठन पोखरा पर्यटन परिषद्को आयोजनामा रोपाई महोत्सव हुदै आएको छ । यस वर्ष पनि आज असारे रोपाई महोत्सव हुदै छ ।पोखरा २५ माई स्थानमा रहेको करिब १० रोपनी क्षेत्रफलमा १७ औँ असारे महोत्सव हुन लागेको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईद्वारा जानकारी दिनुभयो ।


हेम्जाका तुलसी पौडेल, अग्निधर पौडेल, डिल्लीराम नेपाली, कृष्ण बहादुर कुँवर, मैना केसी र प्रकाश पौडेलको खेतमा परिषद्ले रोपाइँ महोत्सव गर्न लागेको हो । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित नेपाल सबै सिजनमा ट्राभल गर्न उपयुक्त छ भन्ने सन्देश दिन महोत्सव मनाउन लागिएको अध्यक्ष भट्टराईले बताउनुभयो ।

 

रोपाई महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, नेपाली र विदेशीलाई हिलोमा दौड प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायतका कार्यक्रम १७ औँ असारे रोपाइँ महोत्सवका संयोजक तथा परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

 

साउने प्रतियोगिता, असारे रोपाई र तीन प्रतियोगिताको प्रथम र दोस्रो हुनेले क्रमशः ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गर्ने श्रेष्ठले बताउनुभयो । महोत्सव सम्पन्न गर्न करिब २४ लाख ५० हजार खर्च लाग्ने आयोजकको अनुमान छ । ५ सय विदेशीसहित करिब १० हजारले महोत्सव अवलोकन गर्ने आयोजकको दाबी छ ।

नेपाली किसानका लागी मानो रोपेर मुरी उब्जाउने चटारो भैरहदा विदेशी पर्यटक भने हिलोमा रमाउन विगतमा सातसुमन्द्र पार गरे आउने गरेका भएपनि कोरोना संक्रमणका कारण अघिल्ल्ला दुई वर्ष महोत्सव हुन सकेन् ।

रोपाई महोत्सव अन्तराष्टिय करण भएको बताउदै महोत्सवको उद्देश्य पछिल्लो सयम अधिकांश युवा पुस्ताले कृषि प्रणालीमा चासो घटदै गएको र उनीहरुलाई धानखेतीको महत्वको बारेमा जानकारी दिलाउन रोपाई महोत्सवलाई निरन्तरता दिइएको दावी आयोजकको छ ।

हिलोमा एक पटक पाइला टेक्नै पर्ने मान्यता नेपालीहरुको रहेको छ । त्यही मान्यतालाई निरन्तरता दिन पोखरामा असारे रोपाई महोत्सव आयोजना गर्ने गरिएको दावी समेत आयोजकको छ । ‘पोखरा र यसको वरिपरी भएका खेतीयोग्य जमिनलाई संरक्षण गर्दै लैजाने, कृषकहरुलाई आफ्नो पेशाप्रति उत्प्रेरित गर्नु पनि मेलाको उद्देश्य हो’ उहाँले भन्नुभयोे, ‘यसले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न सघाएको छ ’ सरकारले पछिल्लो केही वर्ष यता उक्त दिनलाई धान दिवसका रुपमा मनाउँदै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...