रोपाई महोत्सवले पोखराको कृषि र पर्यटनको प्रवद्र्धनमा भुमिका खेलेको छ : काबा प्रमुख गुरुङ

पोखरापालिकाका कार्यबाहक मेयर मञ्जुदेवी गुरुङे पोखरा विश्वको उत्कृष्ट दस पर्यटकीय गन्तब्यमा पर्ने बताउदै पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न माग गर्दै प्रदेश र संघ सरकारलाई सिफारिस गरिएको बताउनु भएको छ ।

पोखरा पर्यटन परिषद्ले पोखरा २५ हेमजामा असार १५ को अवसरमा आयोजना गरेको १७ औ रोेपाई महोत्सव २०७९ को उद्घाटन कार्यक्रममा बोल्दै उहाँले अघिल्लो कार्यकालमै राजधानी घोषणाका लागि सिफारिस गरिएको तर घोषणा नभएका कारण अहिले फेरि सिफारिस गरिएको उल्लेख गर्नुभयो । हामी निर्वाचित भएर आएपछि राजधानी घोषणाको लागि सिफारिस गर्ने निर्णय कार्यपालिका बैठकबाट गरेका छौ भन्नुभयो ।काबा प्रमुख गुरुङले पोखरा पर्यटन परिषद्ले विगत १६ वर्षदेखि रोपाई महोत्सव गर्दै आएको र यसले पोखराको कृषि र पर्यटन प्रर्बद्वनमा भुमिका खेलेको बताउनुभयो ।

हेमजाको फाँटमा टपरीमा दही रोटी र चिउरा अनि पञ्चे बाजा घन्के भने स्वदेशीदेखि विदेशी हिलोमा रमाए । पर्यटकलाई सेलरोटी, दही र चिउराले स्वागत गर्न पोखरा हेम्जा बासी व्यस्त थिए । विगत वर्षमा जस्तै यस पटक पनि पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा रोपाई महोत्सव ग¥यो । त्यही रोपाई महोत्सवमा स्वदेशी र विदेशी पर्यटक रमाए ।

 

पोखरा पर्यटन परिषद्का आयोजनामा पोखरा १७ औं रोपाइ महोत्सव स्वदेशी र विदेशी पर्यटकहरु हिलोले छ्पाछ्याप गर्दै रमाए । परिषद्ले “पोखरा सवै मौसमका लागी” भन्ने नारा सहित हरेक वर्ष फरक–फरक ठाउँमा महोत्सव गर्दै आएको छ । हिलोमा खेल्दा खेल्दा विदेशी पर्यटक हिलोले चिन्नै नसक्ने भए । विगतका महोत्सवमा भन्दा यस विदेशी पर्यटक केही कम संख्या देखिएका थिए । महोत्सवले संस्कृतिको जगेर्नाका लागि आयोजना गरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले बताए ।

 

पोखरा २५ माइस्थानमा रहेको करिब १० रोपनी क्षेत्रफलमा १७ औ असारे महोत्सव गर्न भएको थियो । सिमसिम झरीमा महोत्सव हेर्न स्कुले विद्यार्थी देखी बुढापाकाहरु पनि आएको थिए । विदेशी पर्यटकहरुले असारे रोपाईको बारेमा जानकारी नभएको तर प्रत्यक्ष खेल्न पाउदाँ खुशी लागेको बताए । नेपाली परम्परागत रोपाँई हेर्न अवसर पाएकोप्रति पर्यटक निकै खुशी देखिन्थे ।

मानो रोपेर मुरी उब्जाउने दिन सबै किसानहरु खेतमा धान रोप्न व्यस्त । अझ त्यसमा पनि धान दिवस । तर पोखरेली पर्यटकर्मी भने कृषि पर्यटनसँगै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा व्यस्त बने । पर्यटक र स्थानीयहरु हिले दौड, रोपाई प्रतियोगिता, रसितान्ने प्रयोगिता, हिलो माछा समाउने प्रतियोगिता, घैटो फुटाउने प्रतियोगितामा भाग लिदै रमाए ।

 

रोपाहारले हातमा धानको बीउ लिदैं हिलोमा छुपुछुपु धान रोप्दै असारे गीत गाउँदा महोत्सवस्थल नै संगीतमय बनेको थियो । त्यती मात्रै हैन् पञ्चेबाजा र लोकदोहोरी कलाकारहरुले थप रौनकता थपेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...