पोखरा महानगरले तोक्यो २३ कृषि उपजको न्यूतनतम समर्थन मुल्य

पोखरा, असार १५ गते ।पोखरा महानगरपालिकाले कृषि उपजको न्युनतम समर्थन मुल्य निर्धारण गरेको छ ।पोखरा महानगरपालिकाका कार्यबाहक मेयर मञ्जुदेवी गुरुङले पोखरा २५ हेमजामा आयोजित रोपाई महोत्सवमा न्युनतम समर्थन मुल्यसुचि सार्वजनिक गर्नुभएको हो ।महानगरले २३ वटा कृषि उपजको न्युनतम समर्थन मूल्य निर्धारण गरेको हो ।

पोखराको पहिचानका रुपमा रहेको जेठाुबुढो,मकै,गहुँ, कोदो, फापर, कागुनो, तोरी, काउली, बन्दा, रायोसाग, गोलभेडा,सिमी, घिरौला, काको, करेला, आलु,अदुवा,खुर्सानी,लसुन, प्याज,कार्पमाछा,मह र च्याउको मूल्य निर्धारण गरेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । पोखरा महानगरले पहिलो पटक कृषि उपजको मुल्य निर्धारण गरेको हो । यसअघि जेठोबुढो धानको न्यूतनतम समर्थन मुल्य निर्धारण गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...