विन्ध्यवासिनी क्याम्पसको अध्यक्षमा वानियाँ

पोखरा, असार १९ गते ।जनस्तरबाट स्थापितभै सञ्चालनमा रहेको विन्ध्यवासिनी क्याम्पस पोखरा–१६, बाटुलेचौरको चौथो अधिवेशनले दानबहादुर बानियाँको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतिलेले चयन गरेको छ ।

समितिमा सदस्यहरुमा नरनाथ भट्टराई, मोहनकुमार सुनार, दुर्गा के.सी. थापा, जगन्नाथ तिमिल्सिना, उषा बरुवाल, नविन अधिकारी, वसन्त तिमिल्सिना, विष्णु नेपाली, विनोदराज अधिकारी, गणेशबहादुर थापा, मेहरमान थापा र बलबहादुर श्रेष्ठ हुनुहुन्छ ।

 

यसअघि नवौं साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्री कुमार खड्काले स्वरोजगार मूलक शिक्षाले मात्रै शैक्षिक क्षेत्रमा आमूल परिवर्तन हुने बताउनु भयो । उहाँले भन्नु भयो ‘‘सैद्धान्तिक भन्दा पनि व्यवहारिक र सीपमूलक शिक्षा आजको आवश्यकता हो’’ । मन्त्री खड्काले वर्तमान अवस्थामा शिक्षाले स्वरोजगार स्थापना गर्नुपर्छ भन्नेमा समेत जोड दिनु भयो ।

कार्यक्रममा गण्डकी प्रदेशका कानून न्याय तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले जनस्तरबाट संचालित विन्ध्यवासिनी क्याम्पसले यस क्षेत्रका विद्यार्थीहरुलाई स्तरीय शिक्षा प्रदान गरिरहेकोमा खुशि व्यक्ति गर्दै, क्याम्पसको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भयो ।

 

विन्ध्यवासिनी क्याम्पस संचालक समितिका अध्यक्ष दानबहादुर बानियाँको अध्यक्षतामा सञ्चालित उद्घाटन सत्रमा सिनेटरको तर्फबाट शालिग्राम भट्टराई, संघसंस्था शैक्षिक संस्थाको तर्फबाट कन्या क्याम्पसका क्याम्पस प्रमुख सुरेश मानन्धर, पोखरा महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, संरक्षक विन्ध्यवासिनी मा.वि. को तर्फबाट प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा संस्थापक क्याम्पस प्रमुख नरहरि भट्टराई र पूर्व क्याम्पस प्रमुख झना खड्का के.सी., प्राध्यापक अक्षयकोषका संस्थापकहरु भोजबहादुर गुरुङ, दुर्गा के.सी. थापा, गणेशबहादुर थापा, शिवप्रसाद÷शुभद्रा तिमिल्सिना, रश्मी सिग्देललाई सम्मान गरिएको थियो ।अधिवेशनको क्याम्पस प्रमुख विजय शर्मा र लेखापाल भीमबहादुर गायकले प्रस्तुत गर्नुभएको कार्य प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको थियो । अधिवेशनको निर्वाचन मण्डलमा नरहरि भट्टराई, अग्निधर शर्मा र विन्ध्यवासिनी मा.वि. का प्रधानाध्यापक श्री कृष्ण प्रसाद आचार्य रहनु भएको थियो ।

 

क्याम्पस संचालक समितिका सदस्य मोनकुमार सुनारले कविता वाचन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष चित्रबहादुर थापा र संचालन लेखापाल भीमबहादुर गायकले गर्नु भएको थिायो । उद्घाटन सत्रमा विन्ध्यवासिनी क्याम्पसका विद्यार्थीहरुले विभिन्न किसिमका नृत्य तथा गीत प्रस्तुत गरेका थिए भने अध्ययनरत विद्यार्थीहरुले स्वयंसेवकको भूमिका समेत निर्वाह गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...