पोखरा सुनचांदी ब्यवसायी संघको अध्यक्षमा पुष्पमान बुद्धाचार्य

पोखरा, असार १९ गते ।पोखरा सुनचांदी ब्यवशायी संघको अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका छन । पोखरा सुनचांदी ब्यवशायी संघको २३ औं साधारण सभा तथा ११ औं अधिवेशनबाट अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका हुन ।

संघको उपाध्यक्षमा मंगलराज शाक्य, सचिवमा प्रविण बुद्वाचार्य, कोषाध्यक्षमा राकेशमान बुद्वाचार्य र सह सचिवमा रविन्द्र बज्रचार्य चयन भएका छन । त्यसैगरी सदस्यहरुमा इश्व मान बुद्वाचार्य, महेश रत्न शाक्य, दिनेशमान बुद्वाचार्य र निकिन बज्रचार्य चयन भएका छन ।

 

अधिवेशन तथा साधारण सभाको उद्घाटन गर्दै संस्थाका पूर्व अध्यक्ष राजेशमान बुद्धाचार्यले सुनचांदी ब्यवशायीहरुले आफ्नो ब्यवशायलाई मर्यादित बनाएर ग्राहकहरुलाई सन्तुष्टि बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा महेन्द्रमान गुभाजु, विनोदरत्न शाक्य , नितिन बज्रचार्य, उत्तममान बुद्वाचार्य लगायतले सुनचादी व्यवशायीको हक हितको वारेमा आ आफ्नो धारणाा राखेका थिए ।

 

दुर्गामान बुद्धाचार्यको संयोजकत्वमा गठित निर्वाचन मंडलमा टेकनारायण शाक्य र शोभितमान बुद्धाचार्य सदस्यहरु रहेका थिए । पोखरा सुनचांदी ब्यवशायी संघमा ४४ जना सदस्यहरु रहेका छनभने हाल डाक्टर संजीवमान बुद्धाचार्यले नया सदस्यता लिएको संघले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...