तालिममा सिकेको ज्ञानलाई सदुपयोग गर्नुपर्छ :उपप्रमुख गुरुङ

पोखरा, असार १९ गते । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले तालिममा सिकेको सिप र ज्ञानलाई व्यवहारमा कार्यान्यन गर्नुपर्नेमा जोड दिनुभएको छ । पोखरा महानगरले संचालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा सञ्चालित ६५ दिने छोटो अवधीको निशुल्क तालिहहरु इसिडि सहजकर्ता तालिम(मन्टेश्वरी अवधारणा) र सहायक सूचिकार तालिमको समापन कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले तालिमबाट सिकेको ज्ञान र सीपलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । ज्ञान र सीपलाई उत्पादनसंगै आयआर्जनमा जोडनुपर्छ उहाँले भन्नुभयो, अव सिकेको सीपलाई व्यवसायीकरण गर्नुपर्छ अन्यथा तालिमको महत्व हुदैन् ।

उहाँले एउटा तालिम लिने त्यो प्रमाणपत्र घरमा राखेर फेरी अर्को तालिम सिक्न हिडने प्रबृत्ति रहेको बताउदै तालिम लिएको विषयलाई सदुपयोग गदै आयआर्जनमा लाग्नुपर्छ भन्नुभयो । उपप्रमुख गुरुङले पोखरा महानगरले नागरीकलाई व्यवसायीक र उद्यमी बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष पवन प्रजापती, पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, गण्डकी बहुप्राविधिकका निर्देशक लक्ष्मण तिमिल्सिना लगायतले बोल्नुभएको थियो । तािलमका प्रशिक्षार्थीहलाई महानगर उपप्रमुख गुरुङले प्रमाणपत्र वितरण समेत गर्नुभएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...