प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको १२ औं निर्वाचनमा प्रजातान्त्रिक वाम गठबन्धन र प्रगतिशील कर्मचारी संगठन र केही स्वतन्त्र उम्मेदवारहरुबीच भएको प्रतिस्पर्धामा त्रि.वि. प्रगतिशिल कर्मचारी संगठनले विजय हासील गरेको थियो । उक्त निर्वाचनबाट २५ जनाको प्यानल सहित  छत्रबहादुर कार्कीको प्यानललाई त्रि.वि. कर्मचारी संघको निर्वाचनमा विजयी तुल्याईएको थियो । निर्वाचनमा अध्यक्षका प्रत्यासी प्रजातान्त्रिक वाम गठबन्धनका पुण्य प्रसाद आचार्यलाई ५१४ मत अन्तरले हराउंदै आगामी तीन बर्षे कार्यकालका लागि प्रगतिशील कर्मचारी संगठनका तर्फबाट छत्र बहादुर कार्की निर्वाचित भएका हुन् ।

निर्वाचन सकिएको ८ दिन पछि त्रि.वि. केन्द्रिय निर्वाचन समितीले नवनिर्वाचित कर्मचारी संघका पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत अरुण वल्लभ शर्माले बधाई ज्ञापन गर्दै प्रमाणपत्र प्रदान गर्नुभयो । उक्त कार्यक्रममा नवनिर्वाचित त्रि.वि. कर्मचारी संघका अध्यक्ष छत्र बहाद्र कार्कीले सिम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिैंदै त्रि.वि. मा रहेका विकृति, विसंगति हटाउन सबैसंग हातेमालो गर्दै अघि बढ्ने प्रण गर्नुभयो । निर्वाचनमा जित र हार हुने शास्वत नियमलाई स्वीकार्दै सबै पक्ष संग मिलेर अगाडी बढ्ने बताउनु भयो । त्रि.वि. मा देखिएका कर्मचारीहरुका विविध समस्यालाई त्रि.वि. पदाधिकारी समक्ष पेश गर्ने योजना रहेको र निर्वाचनको समयमा आफ्नो संगठनले घोषणापत्र मार्फत उठाएका बिषयहरुलाई त्रि.वि. पदाधिकारी मार्फत समाधानका लागि पहल गरिने समेत बताउनु भयो ।

यस अघि भएको ११ औं निर्वाचनमा प्रजातान्त्रिक समूहका तर्फबाट भोजकुमार राउतको टिमले बिजय हासील गरी ३ बर्षे कार्यकाल भएता पनि करिब ५ बर्ष कार्य गरेको थियो । नेपाली राजनीतिमा चौतर्फी प्रजातान्त्रिक वाम गठबन्धन गरी प्रगतिशील समूहलाई हराउने सपनालाई यो पटक त्रि.वि. कर्मचारी संघको निर्वाचनमा त्रि.वि. प्रगतिशील कर्मचारी संगठनले पांच दलीय गठबन्धनलाई तोड्दै ऐतिहासिक जित हात पारेको हो । उक्त कार्यक्रम त्रि.वि. स्मृतिहलमा सम्पन्न भएको थियो  । कार्यक्रममा उल्लेख्य मात्रामा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...