पोखरालाई स्वास्थ्य क्षेत्रमा नमुना बनाउन चाहेका छौं : मेयर आचार्य

पोखरा, असार ३० गते ।पोखरा महानगरका प्रमुख धनराज आचार्यले स्वास्थ्य क्षेत्रमा पोखरालाई उदाहरणीय बनाउनेगरि काम गर्ने बताएका छन् । त्यसका लागि महानगर, समाजिक संघसंस्था र केन्द्रदेखि प्रदेश सरकारसम्मको समन्वय आवश्यक रहेको उनले बताए ।

बिहीबार एक कार्यक्रमका बीच पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जडान गरिएको क्याथ ल्याव मेशिन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख आचार्यले पोखरा सबैहिसावले सम्भावनायुक्त रहेकाले उत्कृष्ट बनाउन स्वास्थ्य क्षेत्रमा व्यवापक सुधार गर्नुपर्ने आवश्यकता औंल्याए ।

 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान संघ सरकार अन्तर्गत रहेको भएपनि कार्यक्षेत्र पोखरा महानगर र समग्र गण्डकी प्रदेशका बासिन्दा रहेको भन्दै महानगर प्रतिष्ठानसंग सहकार्य गर्न चाहेको बताए । उनले त्यसका लागि आफूहरुले के गर्नुपर्छ गर्ने र प्रतिष्ठानको तर्फबाट पनि त्यहि अनुकुलको सहकार्यको अपेक्षा प्रकट गरे ।

 

उनले विगतमा सेवा प्रवाह र पूर्वाधार निर्माणका विषयमा देखिएका समस्या तर्फ संकेत गर्दै सेवा दिने सेवाग्राही उही रहेकाले मिलेर काम गर्नुको विकल्प नरहेको बताए । ‘हाम्रा सेवा दिने सेवाग्राही सबै एउटै हुन् । काम गर्ने एकै ठाउँमा हो । कसैले कसैलाई अन्डरस्टमेट नगरौं । अनदेखा नगरौं । जनतालाई केन्द्रमा राखेर सहकार्य ग¥यो भने धेरै काम गर्न सकिन्छ प्रतिष्ठानले पनि त्यो ढंगले सोचोस् । यहाँ धेरै कुरा नमिलेका पनि छन् । त्यसलाई मिलाएर अगाडि बढौं । महानगर सहकार्य गर्न तयार छ । स्वास्थ्यको क्षेत्रमा नमुना बन्न चाहन्छौं । महानगरले के गर्नुपर्छ भन्नुहोस् ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...