राटरी क्लब अफ पोखरा अन्नपुर्णकोे अध्यक्षमा देवेन्द्र वास्तोला

पोखरा ३२ , असार/राटरी क्लब अफ पोखरा अन्नपुर्णकोे अध्यक्षमा देवेन्द्र वास्तोला चयन हुनुभएको छ । क्लबको १७ स्थापना दिवस र पद हस्तान्तरण कार्यक्रममा उहाँलाई सन् २०२२–२०२३ को अध्यक्षमा चयन गरेको हो । रोटरीको विधान अनुसार एक वर्ष अघिनै अध्यक्ष प्रस्ताब गर्ने प्रचलन हुन्छ । सोही अनुसार वास्तोला एक वर्षे कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो ।


क्लबको उपाध्यक्षमा रोटरियन भानु भक्त भण्डारी, सचिवमा निकेश प्रसाद कर्माचार्य, कोषाध्यक्षमा रोटरियन माधव प्रसाद बराल, एड्मिन प्रमुखमा रोटरियन सुरेश कुमार ध्वजु, टिआरएफमा दिनेश शंकर पालिखे, पब्लिक इमेजमा रोटरियन लक्की कार्की ,सर्जेन्ट आम्समा नविन राज बराल , सर्भिस प्रोजेक्ट चियरमा रोटरियन बाबु राम बराल, मेम्बरसिप चियरमा रोटरियन सरोज नारायण बराल, युथ चियरमा रोटरियन जनपुकार मुनाकमी ,प्रेसिडेन्ट नोमिनीमा रोटरियन तोय बहादुर भट्टराई , क्लब ट्रेनरमा रोटरियन प्रदिव बहादुर आचार्य, एडिटर रोटरियन शैन्द्र राज श्रेष्ठ र डाइरेक्टरहरु कृष्ण हरि पौडेल ,शिव वास्तोला, नन्दा श्रेष्ठ , रिना पौडेल , इन्दिरा तिमिल्सीना बराल चयन हुनुभएको छ ।

 

क्लबका निवर्तमान अध्यक्ष राम प्रसाद वस्ताकोटीले आगामी कार्यकालको लागि अध्यक्षको पिन हस्तान्तरण गरेका थिए ।  क्लबका नव निर्वाचित अध्यक्ष रोटरीयन देवेन्द्र वास्तोलाले आफ्नो कार्यकाललाई सबै रोटरीयनको साथ र सहयोगमा क्लबले गर्ने कार्यहरुलाई नयाँ उचाईमा पुर्याउने बताए ।  कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत पोखराका मुख्य न्याधिस डिल्ली राज आचार्यले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिदै देश पद र पदवी ओगटनेले विगारेको बताउदै नयाँ नेतृत्वलाई सकृय भएर आफ्नो कार्यकाल सफल बनाउन सुझाव दिए । क्लवका सस्थापक अध्यक्ष देवराज चालिसेले कतिपयले रोटरीलाई खर्च गर्ने अनि नेपालीको पैसा विदेश पठाउने सस्थाको रुपमा लिने गरेको बताउदै हामीले योगदान गरेको रकम भन्दा कयौंगुन वढी रकम विभिन्न परियोजनाका रुपमा नेपालमै भित्रने भएकाले यस्लाई अन्यथा लिन नहुने बताए ।

 

कार्यक्रममा रोटरियन प्रेम प्रसाद शर्मा , विनोद कोइराला लगायतले शुभकामना मन्तब्य रखेका थिए । कार्यक्रममा क्लबका पुर्व अध्यक्ष कृष्णमान गुवाजुको स्मृतिमा कल्ब र स्व. गुवाजुको परिवार द्वारा स्थापित अक्षयकोष रकमबाट पोखरा १८ मा अवस्थित सृजना आधारभूत विधालयलाई विविध खेलकुदको सामाग्री हस्तान्तरण गरिएको थियो । क्लबका वर्ष २०२१—२०२२ का अध्यक्ष राम प्रसाद वस्ताकोटी अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत कार्यक्रम संयोजक तोय बहादुर भट्टराई , धन्यवादज्ञापन रोटरियन राम चन्द्र शर्मा र संचालन प्रचम सत्र वर्ष २०२१—२०२२ का सचिब सरोज नारायण बराल र दोस्रो सत्र वर्ष २०२२—२०२३ का सचिव निकेश कर्मचार्यले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...