काहुँकोटमा पर्यटन सम्बन्धि वृहत अन्तरक्रिया हुने

पोखरा, साउन । स्वतन्त्र पत्रकार संघ नेपालले काहुँकोटको पर्यटकीय संभावनाका विषयमा वृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । पोखराको नजिक रहेर पनि ओझेलमा परेको काहुँकोटको विकासका लागि यही साउन ६ गते उक्त कार्यक्रम गर्न लागिएको हो ।


कार्यक्रममा सहभागीहरुलाई काहुँकोटको पर्यटकीय आकर्षणका सम्पदाहरुबारे जानकारी दिने, स्थानीय समस्याको पहिचान गर्ने, संचारकर्मीले खेल्नुपर्ने भूमिका र सम्बन्धित निकायले गर्नुपर्ने कामका बारे छलफल गरिने संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले जानकारी दिए ।

कार्यक्रमको निष्कर्षलाई लिपिवद्ध गरी संघले पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारलाई समेत प्रतिवेदन बुझाउने छ । साथै त्यो प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा जोड दिइने संघका उपमहासचिव कल्याण पन्तले जनाए ।
कार्यक्रममा संघका २९ जिल्लाका ७५ जना संचारकर्मी सहित पर्यटन विज्ञ, स्थानीय जनप्रतिनिधि, टोल विकास संस्था र आमा समूहका प्रतिनिधि, होमस्टे संचालकहरु गरी डेढसयको सहभागिता रहने संघका कास्की अध्यक्ष असफल गौतमले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...