खेलकुद महासघलाई एमालेको १ नम्बर जनसंगठन बनाउछौ ःयुवा नेता पुन

पोखरा, साउन ८ गते नेपाल खेलकुद महासघका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश कमिटी अध्यक्ष बिष्णु पुनले नेपाल खेलकुद महासघलाई नेकपा एमालेको सबै भन्दा जुझारु , क्रियासिल तथा नेपाली जनताको मन मुटुमा बस्न सफल सगठ्न बनाउने उद्घोष गरेका छ्न । नेपाल खेलकुद महासघ नवलपुर जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले भने भाद्र मसान्त भित्र गण्डकी प्रदेशका ८५ वटै पालिकामा सगठन बिस्तार गरि सक्ने र त्यसपछि खेलकुद गतिविधिलाई ब्यापक ढंगबाट अगाडि बढाउदै राजनैतिक , सांगठनिक र बैचारिक रुपमा सघलाई गण्डकी प्रदेशमा एमालेको १ नम्बर जनसगठन बनाउने दावी गरे ।

उनले प्रदेको मेरुदण्ड जिल्ला कमिटीहरु भएको हुदा यथासिघ्र अधिबेशन आयोजना गरी खेलकुदमैत्री कमिटी गठन गर्न पनि सबै नेता कार्यक्रताहरुलाई निर्देश दिए । उनले सबै नेता तथा कार्यक्रतालाई कुनै न कुनै खेलसग जोडिन र स्वस्थ जिवन यापन गर्न समेत अनुरोध गरे । उनले भने हामि लाखौं पैसा स्वास्थ उपचार गर्न खर्चन्छौ तर रुपैयाँ खेलको लागि खर्च गर्न आलटाल गछौ यस्ता आनिबानिले हामीले नत खेल क्षेत्रको बिकास गर्न सक्दछौ नत स्वस्थ जिवनयापन गर्न सक्छौ उनले भने, आज गण्डकी प्रदेशको धेरै पालिकाहरुले खेलकुद सम्बन्धि निति समेत बनाउन नसकेको बताए ।

 

उनले भने १००औं को सङ्ख्यामा अस्पताल निर्माण र स्वास्थ कर्मचारी न्युक्ति गर्नु भन्दा १० वटा खेल मैदान र खेल प्रशिक्षकहरु नियूक्त गर्न र सबैपालिकामा खेलकुद समिति बनाउन दबाद दिन निर्देशन दिए । नेपाल खेलकुद महासघ नवलपुरका जिल्ला कमिटीका सयोजक जिबन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमलाई महासघका केन्द्रिय कमिटी सदस्य जिल्ला इन्चार्ज बिकास केसि,गण्डकी प्रदेश उपसचिब बोधराज गिरि, सचिवालय सदस्य एबं जिल्ला इन्चार्ज सेत पुन , नरेन्द्रनाथ ढुंगाना , नगेन्द्र शर्मा भण्डारी लगायतले खेलकुद महासंघका बारमा भनाई राखेका थिए । बैठकले ३१ सदस्यीय आयोजक कमिटी गठन गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...