कालिकामा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ चयन

पोखरा, १४ साउन । पोखराको प्रवेशद्वार पोखरा–३२ मजुवास्थित कालिका आधारभुत विद्यालयमा विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् शिक्षक अभिभावक संघका पदाधिकारी चयन गरिएको छ ।

 


विद्यालयमा आज आयोजित अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिका सदस्यमा शान्ता विक, अप्सरा थापा र गीतामाया नेपालीलाई चयन गरिएको छ । त्यस्तै शिक्षक अभिभावक समितिको अध्यक्षमा मोहनकुमार प्रधान एवम् सदस्यहरूमा बीरबहादुर लामा, सोजना थापा, शोभा गुरुङ, मञ्जु विक, गोमा थापा र सावित्री नेपालीलाई चयन गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भेलामा पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत विश्वराज आचार्य, विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष दलबहादुर गुरुङ, पूर्व प्रधानाध्यापक विष्णुबहादुर बस्नेत, प्रधानाध्यापक दोर्णराज सुवेदी, शिक्षिका बसन्ती सुनार, सूर्यबहादुर गुरुङ लगायतले बोल्नुभएको थियो । हेल्मेट टापुका रुपमा परिचित प्रगतिशिल सामुदायिक बनको काखमा वि.सं.२०४६ मा स्थापित यस विद्यालयले यस क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ । विद्यालयमा बालविकास(इसिडी)देखि कक्षा ८ सम्म अंग्रेजी माध्यममा पठनपाठन हुँदै आएको छ ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...