मेयर बालेन सहित ६ मेयर पोखराको अन्नपूर्ण केलवकारमा

पोखरा ।काठमाण्डौंका मेयर वालेन शाह सहित नेपालका ६ वटा महानगरका मेयरहरुले पोखराको अन्नपूर्ण केवलकारको अवलोकन गरेका छन्। पोखरा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा काठमाण्डौंका मेयर शाह सहित शनिबार ६ वटा महानगरका मेयर, उपमेयर तथा प्रमुख प्रशासकिय अधिकृतहरुले समेत उक्त केवलकार अवलोकन गरेको अन्नपूर्ण केवलकार प्रा.लि.ले जनाएको छ ।

उक्त केवलकारमा पोखराका मेयर आचार्य सहित काठमाण्डौंका मेयर वालेन शाह, बिराटनगरका मेयर नागेश कोइराला, भरतपुरका मेयर रेणु दाहाल, ललितपुरका मेयर चिरिबाबु महर्जन र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अवलोकन गरेका थिए । हालै निमार्ण भएको अन्नपूर्ण केवलकार व्यवसायीक रुपमा गत फागुन ६ गते देखि संचालनमा आएको हो ।

मेयरहरुलाई तल्लो स्टेसन हुदै केवलकारबाट सयर गराउदै माथिल्लो स्टेसनसम्म पुराइएको प्रा.लि.का जनरल म्यानेजर दिनेश पौडेलले बताए । माथिल्लो स्टेसनमा भने पोखरा महानगरपालिका वडा नम्बर १८ र स्थानियले मेयरहरुको टोलीलाई पन्चे बाजागाजा सहित फुलमालाले स्वागत गरेका थिए । आफ्नो क्षेत्रमा देशकै महानगरका प्रमुखहरुलाई पाउनुमा आफुहरु निकै खुसि हुदै उहाँहरुको लागि स्वागत सत्कार गरिएको पोखरा १८ का वडा अध्यक्ष शिव तिमिल्सिनाले बताए ।

 

पोखराको नयाँ पर्यटकीय गन्तव्य भएकोले मेयर सम्मेलनको अवसरमा देशकै ६ वटा मेयरहरुलाई आफ्नो ठाँउमा भ्रमण गराउदै केवलकारको थप प्रबद्र्धन हुने कम्पनीले विश्वास लिएको छ । देशका ६ वटा महानगरका मेयर तथा उपमेयर एवं प्रमुख प्रशासकिय अधिकृत मार्फत महानगरबासीहरुको लागि समेत उक्त केलवकार एक पटक चढ्न कम्पनीले आग्रह गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...