समावेशी टोलको अध्यक्षमा गिरी

पोखरा, साउन १५ गते । पोखरा महानगरपालिका–१४ चाउथेमा रहेको समावेशी टोल विकास संस्थाको अध्यक्षमा पुनः राजु गिरी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।संस्थाको शनिबार सम्पन्न नवौँ साधारणसभा तथा चौथो अधिवेशनले गिरीको अध्यक्षतामा १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।


संस्थाको उपाध्यक्षमा शान्ता परियार, सचिवमा जीतबहादुर थापा, सहसचिवमा गोविन्द अधिकारी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे चयन हुनुभयो ।सदस्यहरुमा सरेन्द्र पण्डीत,लालबहादुर गुरुङ, दिलकुमार श्रेष्ठ, दिल जैसी, सोविन्द्रा श्रेष्ठ, चन्द्रकला कुँबर क्षेत्री, अनुष्का पौडेल सुवेदी र सुनिता पराजुली चयन हुुनुभयो ।

साधारणसको उद्घाटन गर्दै नेकपा(माओवादी केन्द्र) गण्डकी प्रदेशसभाका प्रमुख सचेतक सांसद गायत्री गुरुङले विकास आवश्यकताका आधारमा हुने भएकाले आफ्नो गाउँ टोलको विकासमा सोही ठाउँका बासिन्दा अग्रसर हुनुपर्ने बताउनुभयो ।
समावेशी टोल पोखरामानै नमूना टोलका रुपमा स्थापित भएको उल्लेख गर्दै निर्वाचन पूर्वाधार कार्यक्रमबाट आफूले प्रवेशद्धार निर्माणमा रु पाँच लाख बजेट विनियोजन र पहिरो व्यवस्थापन, बाटो निर्माणमा बजेट विनियोजन गरिएको बताउनुभयो । विकासमा राजनीतिक आँखाले हेर्न नहुनेमा जोड दिनुभयो।

वडाध्यक्ष बोधबहादुर कार्कीले टोल विकासका लागि वडा कार्यालय साथमै रहेको बताउँदै फोहोरमैला शुल्क नतिर्नका लागि वडावासीमा आग्रह गर्नुभयो । वडा नं १४ मै फोहोरव्यवस्थापन स्थल रहेकाले वडावासीलाई फोहोरशुल्क मिनाहा गरिएको जानकारी दिनुभयो ।

 

कार्यक्रममा सांसद गात्रयी गुरुङ, वडाध्यक्ष बोधबहादुर कार्की र समावेशी टोल निवासी एवं शुल्का गण्डकी वडा न ं१२ वडाध्यक्ष इन्द्र गुरुङ र संस्थाका निर्वतमान अध्यक्ष माधवप्रसाद बराललाई दोसल्ला, माला र मायाको चिनो र खादाबाट सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि गुरुङले प्रवेशद्धारको उद्घाटन समेत गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...