पहिराले अवरुद्ध थर्पु–खैरेनीटार सडक एकतर्फी सञ्चालन

पहिराले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार सडक एकतर्फी सञ्चालनमा आएको छ । आज बिहान १ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएको हो ।

म्याग्दे गाउँपालिका–६ मौरीबजारमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको र केही समय लाग्ने उहाँले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...