राष्ट्रिय खेलकुदमा अपनत्वको पारदर्शिताको खोजीमा लोकतान्त्रिक खेलकुद सङ्घ

पोखरा, २० साउन । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अपनत्व, पारदर्शिता र खेलाडीको सुविधाप्रति ध्यान दिन आग्रह गरेको छ ।


पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितालाई गण्डकी प्रदेशको अपनत्व नभएको गुनासो गरिएको थियो । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले आफूहरुलाई अपनत्वसमेत नदिइएको गुनासो गरे । उनले भने, ‘दसँै-ंतिहारको बेलामा खेलकुद प्रतियोगिता उपयुक्त हुँदैन त्यसैले मिति परिमार्जन गर्नुपर्छ ।’विभिन्न उपसमितिसमेत गठन गरेर नेपाली काङ्ग्रेस नेतृत्वको सरकार प्रतियोगिताको तयारीमा जुटिसक्दा कांग्रेसनिकट नेपाल लोकतान्त्रिक खेलकुद संघले भने यस्तो माग अघि सारेको हो ।

संघले प्रतियोगितामा आफूहरुको अपनत्व हुने गरी कुनै पनि समितिमा नराखिएकोमा आपत्तिसमेत जनाएको छ ।संघले मिति सार्नुपर्ने मागसहित गण्डकीमै हुने प्रतियोगितामा प्रदेशमा संघले पनि अपनत्व पाउनुपर्ने, सातै प्रदेशमा खेलकुदको लागि आवश्यक तयारी, प्रशिक्षण, छनोटबिना नै प्रतियोगिता आयोजना गरिएकोले यथेष्ट समय लिई आवश्यक पूर्व तयारी गरिनुपर्ने माग गरेको छ । खेलकुद प्रतियोगिता सम्पन्न गर्न स्थानीय व्यवस्थापनका लागि प्रदेशका सरोकारवालालाई समेटेर व्यवस्थित गरिनुपर्ने सङ्घको माग छ ।नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकी अध्यक्ष हरिश्वर पोखरेलले गण्डकीका हरेक जिल्लामा कम्तीमा १ खेल खेलाउने व्यवस्था गर्नुपर्ने माग गरे ।

कार्यक्रममा प्रदेशका उपाध्यक्ष विद्या मर्सानी र सदस्य प्रदिप पौडेललगायतले आयोजक समितिमा गण्डकी प्रदेशका व्यक्तिहरुलाई सहभागिता गराउनुपर्नेमा जोड दिएका थिए ।पोखरामा ३९ वर्षअघि दोस्रो संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो । झण्डै ४ दशकपछि आगामी असोज २८ देखि कात्तिक ३ सम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडी र प्रशिक्षक गरी करिब ९ हजार जनाको सहभागिता हुनेछ । ३६ खेलमा ४०७ पदक हुने छ  । प्रतियोगिता सफल पार्न नेपाल लोकतान्त्रिक खेलकुद गण्डकीले पूणर् सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...