जिसस कास्कीले मनायो स्थापना दिवस

पोखरा ,साउन २०/ जिल्ला समन्वय समिति कास्कीले आफ्नो छैठौ स्थापना दिवस शुक्रबार बिषेश कार्यक्रमको आयोजना गरि मनाएको छ ।सो अबसरमा सरसफाई सहित जेष्ठ नागरिक सम्मान र सहयोग हस्तान्तरण गरि स्थापना दिवस मनाइएको हो ।

जस अन्तर्गत पोखरा महानगरपालिका वडा न २७ मा अबस्थित श्रीकृष्ण प्रणामी बाल तथा   वृद्धाश्रममा रु  पच्चीस हजार बराबरको चामल , तरकारी       ,फलफूल लगाएतका खाद्यान्न सामाग्री  हस्तान्तरण गरिएको हो।

 

सहयोग सामग्री हस्तान्तरण गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जेष्ठ नागरिकहरु अनुभब तथा सबै हिसाबले परिपक्क हुने हुनाले उनीहरुका ज्ञान र अनुभव पछिल्लो पुस्तालाई  उच्चतम उपयोगी हुने बताए । शारीरिकरुपमा अशक्त आफन्त बिहिन जेष्ठ नागरिकहरुको हेरचाह तथा स्याहार सुसारमा उपयुक्त नीति नै निर्माण गर्नुपर्ने र निर्माण भएका  एन कानुनको  कडाइका साथ लागु गर्न राज्यका निकायहरुलाई आग्रह गरे ।

 

उनले असक्त बाल बालिका र नागरिकहरुका हितका  लागि आफ्नो ठाउबाट सक्दो पहल कदमी  लिने प्रतिबद्दता ब्यक्त गरे ।   कार्यक्रममा जि. स. स . कास्कीका उप –प्रमुख सरिता माल ,जिल्ला समन्वय अधिकारी नवराज बराल , महानगरपालिका वडा न २७  का सदस्य द्वय दिपेन्द्र बहादुर खत्री र सुर्य वाग्ले ,श्रीकृष्ण प्रणामी बाल तथा वृद्धाश्रमका संरक्षक कल्याण कुमार कार्की ,सोहि आश्रमका अध्यक्ष दुर्गा प्रसाद गौतम , सचिब तिलकशालि अधिकारी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । देशमा संघियताको कार्यान्बयन संगै २०७४ सालको स्थानीय तहको निर्बाचनबाट निर्बाचित तत्कालिन जी.स.स. पदाधिकारीहरुले सपथ लिएको दिन साउन २० लाइ आधार बनाइ स्थापना दिवस मनाउने गरिएको  जि. स. स. कास्कीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...