प्रधामन्त्री बन्न दिल्ली हैन, जनतासंग जानुपर्छ :नेमकिपाका अध्यक्ष बिजुक्छे

पोखरा, साउन २० गते ।नेपाल किसान मजदुर पार्टी नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले छिमेकी देश भारतबाट नेपालमा सरकार परिर्वतनको खेल हुने गरेको आरोप लगाउनु भएको छ । पत्रकार समाज नेपालले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेपालका नेताहरु प्रधानमन्त्री बन्न दिल्लि जानेको बताउदै भन्नुभयो, प्रधानमन्त्री बन्न दिल्ली हैन जनतासंग जानुपर्ने बताउनुभयो ।

 

जनतासंग भोट माग्ने हो दिल्लीबाट सरकार बन्ने अवस्था रहनुहुदैन उहाँको भनाई थियो । अध्यक्ष बिजुक्छेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै सत्ता सञ्चालनको कुरा दिल्लीमा नभई जनताको बीचमा हुनुपर्ने बताउनुभयो ।अध्यक्ष विजुक्छेले दिल्ली गएर प्रधानमन्त्री हुने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिदै अहिलेको सत्तारुढ दलहरु जनताको बिरुद्धमा गएको आरोप समेत लगाउनुभयो ।

 

उहाँले अहिलेको सरकार वामपन्थीहरु तोड्न दक्षिणपन्थी मिल्न नपाउने बताउनुभयो । उहाँले राजनीतिक पार्टीहरु चुनावअघि जनतामाझ लगेका घोषणापत्र कार्यान्वयन गर्नमा नलागेको बताउनुभयो । अध्यक्ष बिजुक्छेले चुनावमा गठबन्धन गर्नुभन्दा पहिले चुनावी घोषणापत्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले अहिलेका कम्युनिष्ट पार्टीहरु जनताको अभिमतलाई कुल्चिएर, जनताको आदेशलाई उल्लंघन गरेर कहिले काँग्रेससँग र कहिले राप्रपासँग मिल्ने गरेको भन्दै यो सिद्धान्त विपरितको कुरा भएको बताउनुभयो ।घोषणापत्रमा एउटा लेखेर आफ्नो सरकार नयाँ आएपछि ठ्याक्कै नमिल्ने, वामपन्थीहरु तोड्न दक्षिणपन्थीसँगको सरकार बनाउन पाउँदैन ।सिद्धान्तले दिँदैन । घोषणापत्र भन्दा बाहिर जानु हुँदैन ।’

उहाँले भने, ‘जनताको आदेशलाई उल्लंघन गरेर यी राजनीतिक पार्टीहरुले काँग्रेससँग पनि मिल्ने, राप्रपासँग पनि मिल्ने, जुनसँग पनि मिल्ने यो सिद्धान्त दूषित कुरा हो । यसले देशलाई अघि लैजाँदैन । यो गलत हो । त्यसकारण घोषणापत्र पहिला बनाएर त्यही आधारमा चुनाव लड्नुपर्छ । जनताले मत दिएपछि घोषणापत्र अनुसार काम गर्नुपर्छ ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...