पृथ्वीराजमार्गको विकल्पः त्रिशुली करिडोर

कुरिनटार (चितवन) २१ साउन । साँघुरो सडक, गाडीको अत्यधिकचापअनिबर्खाको बेलापहिरोले पु¥याउने क्षतिका कारण दिनहुँजाममाफस्नुपर्ने अवस्था । मुलुकभरका सबैजसो सडकको अवस्थायही नै छ । संघीय राजधानी जोड्ने सडकहरुको अवस्थाझनै दयनीय छ । विगतमाबनाइएका सडकहरु साँघुरो भएकै कारण अहिले चक्ल्याउने कामपनिभइरहेको छ । यसका कारण पनियातायातआवतजावतमाअवरोध हुने गरेको छ । मुख्य सडकको विकल्पभइदिएको भए यो अवस्थाआउने थिएन ।

त्रिशुलीकिनारमावैकल्पिक सडक (करिडोर) निर्माणको सम्भावनाकाबारेमाराष्ट्रिय योजनाआयोगले गण्डकी र वागमतीकामुख्यमन्त्रीलाई राखेर वृहत छलफल गरेको छ । त्रिशुलीकरिडोर यातायातपूर्वाधारका अवस्थाकाबारेमाभौतिकपूर्वाधार मन्त्रालय, सडक विभाग, स्थानीय सडक पूर्वाधार विभागकाप्रतिनिधि, सडक सञ्जालले छुने पालिकाकाप्रमुख र अध्यक्षहरुको उपस्थितिमाशुक्रबार र शनिबार चितवनको कुरिनटारमाछलफल भएको हो ।

 

दैनिक सवारी चाप बढिरहँदा सडक साँघुरो भएका कारण जामउत्तिकै हुन्छ । काठमाडौं पुग्न घन्टौं जाममाफस्नुपर्ने अवस्था छ । त्रिशुलीको दक्षिण हुँदै पृथ्वीराजमार्ग छ । यसले उक्त क्षेत्रमाआर्थिक चहलपहल राम्रैसँग बढाएको छ । तर त्यहीत्रिशुलीको दक्षिणतिरको भागभने चहपहलविहीन छ । यसकालागिपनित्रिशुलीकरिडोरको सम्भाव्यताकाबारेमाचासो दिनथालिएको हो ।

 

बागमतीप्रदेशकामुख्यमन्त्री राजेन्द्र पाण्डेले अब बिनाअवरोध राजधानीपुग्ने अवस्थासिर्जना गर्न र सडक नबनेकै कारण आर्थिकरुपमा पछि परेकाहरुलाई उकास्नाकालागिकरिडोरको कामलाई तीव्रतादिनुपर्नेमा जोड दिए । उनले भने, म धादिङको जिल्ला सभापति, प्रतिधिनिधि सभा सदस्य, संविधानसभा सदस्यहुँदाखेरी वैकल्पिक सडकका बारेमाआवाज उठाएको हु, अधिकांश ठाउँमा ट्रयाक खुलेको छ, वारपारका लागिपुलबनाउन समेत पहल गरेको छु ।

 

ट्रयाक खोल्न र विस्तारका लागि सम्बन्धितपालिकालाई नै अग्रसर बनाउने, स्तरोन्नती र सुधारका लागिप्रदेश र संघ सरकारले पहल गर्ने प्रतिबद्धता उनले जनाए । त्रिशुलीकरिडोरको निर्माणका लागिवागमती र गण्डकी प्रदेश सरकारले चासो देखाउनुपर्ने भएकाले योजनाआयोगको अग्रसरतामायो छलफल निकै फदलायी रहेको बताए ।

 

 

काठमाडौंको चन्द्रागिरीबाट सुरु हुने त्रिशुलीकरिडोर धादिङको धुनिबेशीनगरपालिका, थाक्रे, गल्छी, गजुरी, सिद्धलेक गाउँपालिका, बेनीघाट नगरपालिका समेट्छ । गोरखाको गण्डकी र सहिदलखनगाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका, तनहुँको आँबुखैरेनीगाउँपालिका र नवलपुरको गैंडाकोट नगरपालिकासम्म यो करिडोरले समेट्ने राष्ट्रिय योजना आयोगले जनाएको छ । यो सडक कतिलामो हुने र लागतकतिलाग्ने भन्ने बारेमा सडक विभागले अध्ययन गर्नेछ ।

 

मुख्य सडकको विकल्पतयार हुँदाशाखा सडकहरु चलायमानहुने र आर्थिक गतिविधि समेत बढ्ने भएकाले आगामी ४ वर्षभित्रमानिर्माण हुने गरी कामथाल्न राष्ट्रिय योजनाआयोगकाउपाध्यक्ष डा. विश्वपौडेलले निर्देशन गरे । पूर्वाधारमा सडक प्राथमिकताबमा पर्नु स्वाभाविक रहेको भन्दै विगतमा बाटो र पानीनभएकै कारण बसाइँसराइँहुने गरेको स्मरण गर्दै अब त्यो अवस्थानआउने विश्वास उनले व्यक्त गरे ।

 

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीपोखरेलले नारायणघाटदेखि नै त्रिशुलीको वारिपारि समानान्तर रुपमा सडक मार्ग विस्तार गर्न ३ तहकै सरकारको सहकार्य र समन्वयहुनुपर्ने बताए । पृथ्वी राजमार्ग, मध्यपहाडी लोकमार्ग, नारायणघाट – मुगलिन –आँबुखैरेनी –गोरखाबजार –घ्याम्पेसाल –आरुघाट सडकको पहुँचनपुगेको क्षेत्रमायो करिडोरले भरपर्दो सडक सुविधाउपलव्धहुनेविश्वास व्यक्त गरे । बुढी गण्डकी जलविद्युतआयोजनाबाट प्रभावित गण्डकी, सहिदलखन, भीमसेन थापा र आरुघाट गापाकाबसिन्दाको पुनर्वास गर्न एकीकृत वस्तीनिर्माणका लागिसमेत करिडोर प्रभावकारी हुने उनको बनाइथियो ।

 

 

गण्डकी प्रदेश नीतितथा योजनाआयोगकाउपाध्यक्ष डा. रघुराजकाफ्लेले बेनीघाट – आरुघाट सडक स्तरोन्नतिनभएकोले उक्त क्षेत्रकाबासिन्दा वर्षायाममा काठमाडौं, चितवनजानगोरखाबजारको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने अवस्था रहेको, प्रभावितक्षेत्रमानयाँ सडक, पुल, झोलुंगे पुलपूर्वाधारको योजना सञ्चालननभएको बताए । करिडोरको निर्माण यस्ताअधिकांश समस्या समाधानहुने विश्वास उनको छ । अत्यन्त विकट भूभाग÷जिल्लाभएकाले यस भेगको विकास उच्चजिम्मेवारीको विषय रहेको स्मरण गराउँदै उपाध्यक्षकाफ्लेले वर्षौदेखि पिछडिएको अवस्थामाबस्नबाध्यनागरिकको उत्थान गर्नुपर्ने दायित्व सरकारको रहेको बताए । पृथ्वी राजमार्ग र नारायणगढ मुग्लिन खण्डको बलियो विकल्प बनेको खण्डमा आर्थिक सामाजिकविकास र अन्तर्राष्ट्रिय व्यापारको समेत आधार निर्माण हुनेउनको भनाइथियो ।

 

प्रदेशको मात्रै एकल प्रयासबाट कामहुननसक्ने भन्दै उनले प्रदेशको लगानीक्षमताकमजोर, भूगोल र अवस्थितिले धेरै पूँजी र उच्चप्रविधिआवश्यकजुनप्रदेशसँगउपलब्ध नरहेको बताए । उनकाअनुसार भौगोलिक विकटता, कडा चट्टान विस्फोट गर्नुपर्नेभएकाले ठूलो लगानीआवश्यक पर्छ । कार्यक्रममा राष्ट्रिय योजनाआयोगका सदस्यद्वय डा. दिलबहादुर गुरुङ, राजेन्द्रकुमार फुयाँल, सचिव केबलकुमार भण्डारी, नीतितथा योजनाआयोग वागमतीकाउपाध्यक्ष डा. कृष्ण पन्त, सडक विभागकाउपमहानिर्देश डा. विजय जैसी, सहसचिव ईश्वरराज मरहट्ठा लगायतले सडक निर्माण र विकासको अवस्थाकाबारेमा प्रस्तुति राखेका थिए ।

 

बेनीघाट नगरपालिकाप्रमुखबालकृष्ण आचार्यले सडक निर्माणले जनजीवनमानिकै सकारात्मकप्रभावपार्ने भएकाले समन्वय गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा गण्डकी गाउँपालिकाअध्यक्षदीपकतिमिल्सिना, सहिदलखनगापाअध्यक्ष रमेशबाबु थापा, धादिङको सिद्धलेक गापाअध्यक्ष परशुराम खतिवडाले सडकको अवस्थाकाबारेमाभनाइ राखेका थिए । यही छलफलका आधारमा सडक विभागले डिपिआर तयार भएपछि सस्तो लागतमाप्रभावकारी र छिटो तरिकाबाट काम अगाडि बढाइने योजनाआयोग उपाध्यक्ष डा. विश्वपौडेलले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...