निर्वाचनमा एक्लै जाने अवस्था आउन सक्छ ः अध्यक्ष नेपाल

पोखरा, साउन २१ गते ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिर चार गते हुने प्रदेश र सघीय निर्वाचनमा एक्लै जान तयार रहन कार्यकतालाई निर्देशन दिनुभएको छ । समाजवादी प्रेस संगठन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले गठबन्धन कुरेर नबस्न आग्रह गदै निर्वाचनमा एक्लै जान तयार रहन निर्देशन दिनुभएको हो ।

उहाँले स्थानीय तह निर्वाचनमा गठबन्धन भएपनि सोचेतस्तो नभएको बताउदै निर्वाचनका लागि संगठन निर्माण गरेर तयारीमा जुटन नेता कार्यकतालाई आग्रह गनुभएको हो ।संगठन नबनेको ठाँउमा बनाउने हो, जनतासंग पुग्ने हो यसरी निर्वाचनको तयारी गरौ उहाँले भन्नुभयो, अव ढिला गर्ने हैन, निश्चित समयसम्म गठबन्धनलाई कुर्ने हो नभए कुरेर बस्दैनौ । उहाँले समाजबादी गठबन्धन नभेको तर काँग्रेस र एमालेको वीचको शतिm बनाउने प्रयास गरिएको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...