पोखरा, साउन २३ गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको आमसञ्चार विधेयक पत्रकारमैत्री हुने बताएका छन् ।नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सम्मानमा युनियन कास्कीले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले लोकतन्त्रका लागि लडेका पत्रकारमाथि अंकुश लगाउने नियत नभएको बताए । संचारमाध्यममा आउने समाचारप्रति सरकारले सुझावका रुपमा लिएको तर सामाजिक संजालमा गरिने टिकाटिप्पणी मर्यादा विपरीत रहने गरेको वताए ।उनले गण्डकी प्रदेशमा यातायात, मालपात लगायतका कर वृद्धि सम्बन्धमा भएको टिकाटिप्पणीबारे त्यसबारे सच्चाएर सरकार अघि बढेको बताए । उनले करका आएका टीकाटिप्पणीलाई मन्त्रालगयत छलफल गरेर अघि बढ्ने प्रतिबद्धतासमेत गरे ।
नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष शिव लम्साल, उपाध्यक्ष नकुल अर्याल, गण्डकी उपाध्यक्ष ऋषिकान्त पौडेल र महासचिव दिलीप पौडेललाई प्रमुख अतिथि मुख्यमन्त्री पोखरेलले सम्मानपत्र सहित सम्मान गरे ।कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्सालले श्रमजीवी पत्रकारको पक्षमा युनियनले काम गर्ने बताए ।सरकारले तोकेको न्युनतम तलबले पत्रकारलाई नपुग्ने भन्दै उनले यसको पुनर्विचार गर्न सरकारलाई आग्रह समेत गरे । ठूला संचारमाध्यममा काम गर्ने पत्रकार र साना संचारमाध्यममा काम गर्ने पत्रकारलाई सरकारले एउटै नीतिले हेर्नुपर्ने बताए । उनले संगठनले कसैलाई काखा कसैलाई पाख नगर्ने समेत सुझाव दिए ।
नेपाली काग्रेसका गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेलले लोकतन्त्रको पक्षमा लडेका संचारमाध्यम र पत्रकारलाई रक्षा गर्ने दायित्व सरकारको हुने बताए ।युनियनका उपाध्यक्ष नकुल अर्याल, ऋषिकान्त पौडेल र महासचिव दिलिप पौडेलले पत्रकारलाई व्यवसायी बन्न आग्रह समेत गरे ।कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देलले पार्टी र युनियनका पत्रकारबीचको दूरी टाढा रहेको र यसलाई नजिक पार्नुपर्ने बताए ।
प्रेस युनियन कास्कीका कार्यवाहक अध्यक्ष रविना आलेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव प्रदीप पौडेल र सहसचिव ज्योति हमालले पनि बोलेका थिए ।सो अवसरमा युनियनका सदस्य हरि भट्टराईले रचना गरेको नेपाल विज्ञान तथा प्रविधि ‘नाष्ट’को नाष्ट गानका लागि सर्वोत्कृष्ट भई पुरस्कृत भएकोमा उनलाई सम्मान गरिएको थियो ।