साउनको तेश्रो सोमवारः ओमकारेश्वर मन्दिरमादर्शनार्थिको भिड

गण्डकी, २३ साउन । साउन महिनाको तेश्रो सोमवार पोखरा १७ रातोपैह्रास्थित ओमकारेश्वर महादेव मन्दिरमा दर्शनार्थिको भिड लाग्यो ।रातोपैह्रा सामुदायिक वन समुहमा अवस्थित शिव र गणेश मन्दिरको दर्शन पुजाआराधना सहित १०८ शिवलिङ्गमा गाईको दुध र सेतीनदीको पवित्रजल अर्पण गर्ने श्रद्धालु भक्तजनाको भिड लागेको हो ।

साउन महिना र सोमवार भगवान शिवकोवारका रुपमा लिइन्छ । उक्तदिनशिवको पुजाआराधना एवम् दर्शन गर्नाले मनोकांक्षा पुरा हुने विश्वास भक्तजनामा रहेको छ ।भक्तजनले सेतीनदीमा स्नानगरि पवित्र जलल्याएर शिवलिङ्गमा चढाउने प्रचलन छ ।गाईको दुध, विभिन्न पुजा सामाग्री सहित फुल प्रसाद लिएर पोखरा आशपासबाट भक्तजनहरु दर्शन गर्न आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर थापाले जानकारी दिनुभयो ।

साउन महिनाको पहिलो र दोश्रो सोमवार भन्दा तेश्रोवार आज बढी दर्शनार्थी श्रद्धालु भक्तजनको भिड लागेको बताउँदै उहाँले भन्नुभयो यसलाई धार्मिक क्षेत्रको रुपमाविकास गर्न सवैको साथ र सहयोग आवश्यक छ ।ओमकारेश्वर मन्दिर लगायत पोखराका केदारेश्वर, गुप्तेश्वर महादेव, सदाशिव हरिहर महादेव लगायतकाशिवालयहरुममाआजगाईको दुध र पवित्रजल चढाउने भक्तजनहरुको भीड लागेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...