पोखरा बाहिर प्याराग्लाईडिङ प्रतियोगिता भए बहिष्कार गर्ने चेतावनी

पोखरा, साउन २४ गते। पोखरा बाहेक अनेत्र कुनै पनि ठाँउमा नवौं राष्ट्रिय खेलकुदप्रतियोगिताअन्र्तगतप्याराग्लाईडिङ खेल संचालननगर्न खेलाडीहरुले चेतावनीदिएका छन् । मंगलबार पोखरा रंगशालामाआयोजित छलफल कार्यक्रममाप्याराग्लाईडिङका राष्ट्रिय तथाअन्तराष्ट्रिय खेलाडीहरुले सुरक्षा सहितअन्यकारणले गर्दा पोखरा भन्दा अनेत्र उक्तप्रतियोगिता संचालन गरे बहिष्कार समेत गर्ने चेतावनीदिएकाहुन्।

पोखरामा साहासिक खेल प्याराग्लाईडिङको लागिविश्वकै उत्कृष्ट ५ मध्यको एक मा पर्ने चर्चा चलेका बेलाउक्तप्रतियोगिता अनेत्र लैजाननहुने पदकधारी खेलाडी विजयगौतमले बताए ।उनले भने “केहीव्यक्तिहरुले स्याङजाको स्वरेकमा हुनुपर्छ भन्ने कुरा पनिआएको छ तर यस खेल संचालनगर्दा जति सक्दो सुरक्षित र प्राबिधिकहिसावले पनि नेटवर्क भएको स्थानमागर्नु पर्छ भन्ने हाम्रो मान्यताहो ।” कुनै कारणवश दुर्घटना भएमापोखरा बाहेक अनेत्र उक्तप्रतियोगिताहुदा समयमै खेलाडीहरुको उद्धारमाप्रमुख समस्याहुने, खानापान र होटल आवासमा समेत अर्को समस्याहुने भएको अर्को प्याराग्लाईडिङ खेलाडी रविराजदर्लामी मगरले बताए । पोखरामातालमाथि, पोखरामा केहीधानखेतका फाँटहरु समेत भएकोले गर्दा आपतकालीनअबस्थामाप्याराग्लाईडिङ अवतरण गर्न सहजहुने उनले जनाए ।

 

प्याराग्लाईडिङ पाइलट क्लबकाअध्यक्षविमलपहारीले स्वरेकमा ठुला ठुला पहाड र हावाको चाब बढी हुदा नेटवर्कमा समेत समस्याहुने उद्धारमा७,८ घण्टा भन्दा बढी समय लाग्ने हुदापोखराको बिकल्पनमा अनेत्र प्याराग्लाईडिङ प्रतियोगिताहुन कठिन हुने बताए । प्रशिक्षकएवं हवाई खेलकुद संस्थानाकापूर्व अध्यक्ष समेत रहेका योगेश भट्टराईले पोखरा भन्दाबाहिर जुन सुकै ठाँउमा लगे पनिअहिलेको अबस्थामाअन्य ठाँउ प्याराग्लाईडिङको उपयुक्त स्थाननहुने दाबी गरे । यदि कसैले पोखरा बाहिर उक्तप्रतियोगिताहुने कुरा गरेमाआफुहरुसंग तथ्यकाआधारमा बहस गर्न उनले चुनौतीदिए ।

नवौं राष्ट्रिय खेलकुदप्रतियोगिताअन्र्तगत खेल मैदानव्यबस्थापनउपसमिति संयोजकएवं राखेपका सदस्य राजेश कुमार गुरुङले कुनै पनिप्रतियोगिता संचालनको लागि सुरक्षापहिलो प्रथामिकतामा रहने त्यसमा खेलाडीहरुले बिरोध गरेका स्थानमा खेल संचालनगर्न आफुले सिफारिस नगर्ने बताए । अबको केही समयमा ३६ खेलहरु कहाँकहाँहुने त्यसको टुंगो लगाउने अन्तिमतयारी भएको उनले जनाए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...