मानव सेवा आश्रम हेमजालाई सहयोग

पोखरा, भदौ १२ गते । जेष्ठनागरिक सरोकार समाज नेपाल कास्की शान्ति आश्रमद्धारा आज मानव सेवा आश्रम हेमजामा खाद्यान्न तथा नगद सहयोग गरेको छ ।


समाजद्धारा सञ्चालित चुडामणि वसन्धरा हरिप्रसाद किरण ओझा स्मृति सम्मानबाट प्राप्त रकम २० हजार रुपैया मुल्य बरावरको खाद्यान्न सामाग्री र कार्यक्रमका सहभागिहरुले संकलन गरेको नगद २० हजार २५० वितरण गरिएको हो ।

समाजका संस्थापक अध्यक्ष स्व हरिप्रसाद किरण ओझाको नाममा उहाँ परिवारजनबाट दुई लाख दुई हजार १०१ को अक्षयकोष स्थापना गरि त्यसको व्याजबाट प्रत्येक बर्ष विभिन्न सामाजिक संघसंस्थालाई सम्मान गर्दै आएको छ ।

कुसे औसि (बाबुको मुख हेर्ने ) दिवसका अवसरमा हेमजा आश्रममा आयोजित कार्यक्रममा जेष्ठनागरिक सरोकार समाजका अध्यक्ष भक्तराज श्रेष्ठले मानव सेवा आश्रम कास्कीका प्रमुख सदिस पुनलाई खाद्यान्न सामाग्री र नगद हस्तान्तरण गर्नुभयो ।

आकाशलाई छानो र सडकलाई घर बनाउँदै कष्टकर जीवन विनाउन वाध्य सडक मानवको खाना,नाना र छानाको व्यवस्थापन गरेर आश्रमले पुण्य कार्य गरेको बताउँदै अध्यक्ष श्रेष्ठले यस्ता कार्यमा सवैको साथ र सहयोग हुनु पर्ने आवश्यकता औल्याउनुभयो ।

आश्रमका जिल्ला प्रमुख सदिस पुनका अनुसार पोखरा १७ छोरेपाटन र हेमजामा १६० जना समाजका असहाय, अनाथ र सडक मानव र १६ जना सेवक सेविका आवद्ध रहेको जानकारी दिनुभयो ।

पोखरा २५ हेमजा वावियातरास्थित ६३ रोपनी क्षेत्रफलको जग्गामा एक अर्वको गुरुयोजना अनुसार आवास भवन सहितका बिभिन्न भौतिक संरचना निर्माण भई रहेको बताउँदै उहाँले आमा बुवालाई खाना भन्दा पनि औषधि उपचारमा बढी खर्च हुने गरेको बताउनुभयो ।

कार्यक्रममा अक्षयकोषदाता सूर्यप्रसाद ओझा र शोभा गैरे, संमाजका उपाध्यक्ष केशवप्रसाद ढकाल, सचिव इच्छा बहादुर वाग्ले, कोषाध्यक्ष रामजि कोइराला, पत्रकार हरिप्रसाद बास्तोला लगायतले सामाजिक एवम् मानविय सेवामा समर्पित आश्रमको सहयोग गर्दा पुण्य प्राप्ति हुने विश्वास व्यक्त गर्नुभयो ।

सार्वजनिक सवारी चालकले छात्रुलाई ठग्ने होईन सेवामा समर्पित हुन्छन् भन्ने एक जना चालकले आज यहाँ उदाहरण दिएका छन् ।

चापाकोट गाउँपालिका ३ का माइक्रो वसका चालक एमन सारुले आप्mना स्वर्गीय बुवा मनबहादुर सारुको स्मृतिमा हेमजास्थित मानव सेवा आश्रमलाई एक हजार ५०५ रुपैया नगद सहयोग गरेर उनी सवैका लागि उदाहरणीय बनेका हुन ।

आश्रमको सहयोगको लागि खाद्यान्न सामाग्री सहित जेष्ठनागरिक सरोकार समाजको टिमलाई लिएर हेमजा पुगेका काठमाण्डौ पोखरा माईक्रोवसका चालक सारुले भने सधै सडकमा देखिने अनुहार आश्रममा आश्रित भएको देख्दा खुशी लाग्यो र बाबाको सम्झनामा सानो सहयोग गर्न मन लाग्यो ।

सो अवसरमा कार्यक्रममा सहभागि बन्न पोखराबाट हेमजा पुगेका सहयोगी मनबाट २० हजार २५० संकलन भएको थियो । संकलित रकम आश्रमका जिल्ला प्रमुख सदिस पुनलाई हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...