सामसुङ र त्रि. वि. इन्स्टिच्युट अफ इन्जिनियरिङबीच सम्झाैता

सामसुङले विद्यार्थीहरूलाइ प्राविधिक सीपहरूमा तालिम प्रदान गर्ने

सामसुङले प्राविधिक सीपहरूमा तालिम दिन त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

सामसुङ इलेक्ट्रोनिक्सका एसडब्ल्युए क्षेत्रीय अध्यक्ष तथा सिइओ केन काङ र सामसङ इलेक्ट्रोनिक्स ग्लोबलका अध्यक्ष तथा प्रमुख वित्तीय अधिकारी एचके पार्कको उपस्थितिमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन ड. शशीधर राम जोशीले समझदारीपत्र आदान प्रदान गरेका हुन् ।

सामसुङले नेपाली युवाहरुलाई भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स,बिग डाटा,कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेटअफ थिङ्स जस्ताप्राविधिक सीपहरूमा तालिम दिने जनाएको छ। यसको विश्वव्यापी सीएसआर योजना सामसुङ इनोभेसन क्याम्पसको एक भागको रूपमा काम गर्नेछ।

नयाँ तालिम योजनाले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्याउने सामसुङ नेपालले जनाएको छ ।

सामसुङ इनोभेसन क्याम्पस योजना अन्तर्गत यसलाई हेरिएको छ। जसले युवाहरूलाई वास्तविक कार्यगत सीपहरू र माग अनुसारको प्राविधिक सीपहरू उपलब्ध गराउनेछ, साथै उनीहरूको डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमा पनि सुधार गर्ने सामसङको दाबी छ ।

सामसुङ इलेक्ट्रोनिक्सका एसडब्ल्युए क्षेत्रीय अध्यक्ष तथा सिइओ श्रीकेन काङले भने ‘त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ जस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउँदा हामी सम्मानित महसुस गरेका छौं । सामसङ इनोभेसन क्याम्पसको यस योजनाबाट हामीले नेपाली युवाहरूलाई श्रम बजारमा प्रवेशको तयारीका लागि प्राविधिक सीपहरू अभिवृद्धि गर्नेछौं । उनीहरूलाई व्यवसायहरूमा उच्च माग भएका र भविष्यमा प्रशस्त सम्भावना भएका प्राविधिक सीपहरूमा तालिम दिनेछौं।’

यस्तै त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशीले भने ‘सामसुङ इनोभेसन क्याम्पस योजनाको हिस्सा भएका पाठ्यक्रमहरू- आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स, इन्स्टिच्युट अफ इन्जिनियरिङमा पढाइनेछ। पाठ्यक्रमहरूको लागि छनोट हुन विद्यार्थीहरूलाई एल्गोरिदम, डेटा संरचना र प्रोग्रामिङको ज्ञान हुनुपर्छ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...