पोखरा ट्रेड मलको उपहार योजनाका विजेता छानिए

पोखरा, भदौ १६ गते ।पोखराको चिप्लेढुँगामा रहेको पोखरा ट्रेड मलले नेपालीहरुका चाडपर्व दशैँ तिहारलाई लक्ष्य गरेर ल्याएको ‘नगदै नगदको वर्षा’ उपहार योजनाका पहिलो पाक्षिक विजेता छानिएका छन् ।


मलमा बुधबार उत्सव व्यवस्थापन समिति, पोखरा ट्रेड व्यवस्थापन र ग्राहकहरको उपस्थितिमा भएको उपहार सार्वजनिक कार्यक्रममा आरुश खनालले रु १० हजार जित्न सफल भए ।यसैगरी प्रतिमा गुरुङले रु दुई हजार र पोखरा सिनेप्लेक्सको टिकट , योगेन्द्र पुनले फिस्टेल ड्रिम पार्कको एक दिनको प्याकेज, रोजी गुरुङले रु दुई हजार र एक हजार बराबरको फेसियल सेवा र राजु रानामगरले रु एक हजार र क्लासिक चुलोमा डिनर पुरस्कार पाएका छन् ।

 

कार्यक्रममा पोखरा ट्रेड मलका प्रबन्ध सञ्चालक मिनराज काफ्ले उत्सव व्यवस्थापन समितिका अध्यक्ष नबराज त्रिपाठी, सचिव रमेश बराल, कोषाध्यक्ष रघुनाथ दवाडी, सह कोशाध्यक्ष धर्मदत्त अधिकारी, सदस्यहरु नबराज ढुङ्गाना, राजु जिसी, राजेन्द्र तिमिल्सिना, राजिव क्षेत्री लगाएत सहभागी थिए ।ट्रेड मल व्यवस्थापन समिति र व्यवसायीहरुले भदौ १ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी सो उपहार योजना ल्याएका हुन् ।

 

चाडपर्वका अवसरमा विगतदेखि नै विभिन्न उपहार योजनामार्फत ग्राहक आकर्षित गर्दै आएको मलले यस वर्ष धेरै भन्दा धेरै ग्राहकलाई नगद उपहार प्रदान गर्न नगद वर्षा उपहार योजना ल्याएको उत्सव व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठीले बताए ।एनका अनुसार अनुसार टे«ड मलभित्र पाँच सय रुपैयाँभन्दा माथिको सामान खरीदमा ग्राहकले निःशुल्क उपहार कुपन प्राप्त गरी लाखौँको उपहार जित्न सक्नेछन् ।

पाक्षिक उपहार योजनाका विजेताले रु एक हजारदेखि रु १० हजारसम्म नगदका साथै गिफ्ट ह्याम्पर तथा सपिङ भौचर प्राप्त गर्नेछन् भने बम्परमा रु एक लाख पुरस्कार जित्न सक्नेछन् ।बम्पर उपहार विजेताको छनोट गोलाप्रथाबाट गरिनेछ । बम्पर उपहार आगामी मंसिर ५ गते र पाक्षिक उपहार आगामी भदौ ३०, असोज १५,असोज ३०, कात्तिक १५ र कात्तिक ३० गते उपहार खोलिने उत्सव व्यवस्थापन समितिले जनाएको छ ।

मलको कुनैपनि पसलबाट न्यूनतम पाँच सय रुपैँयाको सामान किन्दा एक वटा बम्पर उपहार कुपनका साथै एक हजार ५०० भन्दा माथि सामान खरीद गर्दा तीन वटा कुपन प्राप्त गरी उपहार योजनामा सहभागी बन्न सकिनेछ ।
‘स्क्राच एण्ड विन’ अफरमा सहभागी हुनका लागि कुनै पनि पसलबाट पाँच हजार वा सोभन्दा माथिका सामान खरीद गर्नुपर्ने र स्क्राच गरी लाखौँ नगद नगद एवं सपिङ भौचर कोषाध्यक्ष दवाडीले जानकारी दिए ।

पोखरा ट्रेड मलभित्रका ५०२ व्यापारिक सटरमा २७५ व्यावसायिक प्रतिष्ठान सञ्चालनमा रहेका छन् । मलमा फेन्सी, कस्मेटिक, जुत्ता चप्पल, बैंक तथा वित्तीय संस्था, सिनेमा हल, रेष्टुरेन्ट, जिम हल, गहनापसल, सारी तथा कुर्ता लगायतका पसल सञ्चालनमा छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...