उद्योगी व्यवसायीको भरोषाःपवनकुमार प्रजापति समूह

पोखरा, भदौ १७ गते ।घरदैलोको क्रममा रहेको पवनकुमार प्रजापति र उनको समूहले शुक्रबार वीपीचोकदेखि पृथ्वीचोकसम्मका उद्योगी व्यवसायीहरुलाई भेटेको छ । विहानैदेखि प्रचारमा निस्केको यो टोलीले वीपीचोकदेखि न्यूरोड, जाल्पारोड, सृजनाचोक, जिरोकिलोमिटर, सभागृहचोक, पृथ्वीचोक हुँदै नागढुंगा सम्मका उद्योगीव्यवसायीहरुलाई भेटेर आफ्नो पक्षमाभोट मागेको हो ।

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशन भदौको २४ र २५ गते हुँदैछ । संघको नयाँ नेतृत्वको लागि पवन प्रजापतिको समूहले संस्थागत जीवन्तताकालागि व्यवसायिक हितमा अभियन्ता बन्ने नारा सहित चुनावीप्रचारमा गएको छ । ‘हामीले संघमा रहेर उद्योगी व्यवसायीको हितमा काम गर्ने हो । व्यवसायी र उद्योगीको समस्यालाई कुनै पनिहालतमा समाधान गर्ने नेतृत्वसहितको हाम्रो समूहलाई मतदाताहरुले छान्नुहुनेछ भन्ने हाम्रो विश्वास छ ।’ अध्यक्षका प्रत्यासी रहेका व्यवसायी पवनकुमार प्रजापतिले भने ।

 

व्यवसायीहरुले पनि यो समूहबाट अधिक आशा गरिरहेका छन् । अनुभवी र पाका अध्यक्षका उम्मेदवार प्रजापतिको समूहमा पछिल्लो पुस्ताका सुदीप ओझासम्मका उम्मेदवारहरु यो समूहमा छन् । समावेशी र व्यवसायीको हितमाकाम गर्न सक्ने समूहको रुपमा यो समूहलाई उद्योगी व्यवसायीहरुले लिएका छन् ।

 

त्यसो त यो समूहले पनि विभिन्न १७ बुंदे प्रतिबद्धतापत्र सहित चुनावी मैदानमा होमिएको छ । खासगरि लकडाउनका कारण उद्योगीव् यवसायीहरुमा देखिएको साझा समस्याहरुलाई समाधान गर्ने गरि यो समूहले काम गर्ने कार्ययोजना प्रस्तुत गरेको छ ।उद्योगी व्यवसायीहरुलाई प्रत्यक्ष अनुभव हुनेगरि काम गर्ने आफूहरुसँग प्रस्ट कार्ययोजना भएकोले उनीहरुको आश आफ्नो नेतृत्वको समूहमा बढि देखिएको प्रजापतिले बताए ।

यसैबीच महाधिवेशनलाई लक्षित गरेर शुक्रबार पवनकुमार प्रजापति समूहका सबै पदाधिकारी र सदस्यहरुले उम्मेदवारी पत्रबुझेका छन् । शनिबार सँयुक्त रुपमा व्यवसायीहरुको साथमा उम्मेदवारी पत्र उद्योग वाणिज्य संघको कार्यालयमा बुझाउने कार्यक्रम रहेको पवनकुमार प्रजापति समूहको सचिवालयले जानकारी दिएको छ ।

 

अध्यक्ष प्रत्यासी प्रजापतिको समूहमा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्य तर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्यपदका लागि प्रभा सुवेदी, बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिपओझा र सुदिप प्रधानांग प्रत्यासी छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...